अदालतको अपहेलना गरेको भन्दै बालेनविरुद्ध मुद्दा दर्ता

अदालतको अपहेलना गरेको भन्दै बालेनविरुद्ध मुद्दा दर्ता


काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ ।

सोमबार अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन् । केही दिनअघि बालेनले संविधान संशोधन गरेर सर्वोच्च अदालतलाई अधिकार दिउँ भन्दै फेसबुकमा लेखेका थिए ।

बालेनले लेखेको त्यो स्टाटसले अदालतको अपहेलना भएको उनको भनाइ छ ।