‘प्रभु ऐश्वर्या योजना’मा नारीहरूलाई विशेष छुट

‘प्रभु ऐश्वर्या योजना’मा नारीहरूलाई विशेष छुट


प्रभु क्यापिटलले आफ्नो लगानी व्यवस्थापन सेवाअन्तर्गतका प्रोडक्टहरू मध्ये ‘प्रभु ऐश्वर्या योजना’मा पिएमएस सेवा लिँदा एक वर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ ।

‘यो तीजमा प्रभु क्यापिटलको उपहार, AMC मा छुटको बहार’ भन्ने नारासाथ शुरु हुने यो अफर यही भाद्र १४ गते हरितालिका तीजका दिनदेखि ३१ भाद्र २०७९ सम्म सञ्चालनमा आउने जनाइएको छ ।

यो अवधिभित्र यस लगानी व्यवस्थापन सेवामा आबद्व हुने दिदीबहिनीहरूले एक वर्षका लागि वार्षिक सेवा शुल्क (AMC) मा १०० प्रतिशत नै छुट पाउनुहुने प्रभु क्यापिटलले जनाएको छ । यो योजनामा यसअघि क्यापिटलले २ प्रतिशत वार्षिक सेवा शुल्कमा दिदीबहिनीलाई लगानीका लागि प्रोत्साहन गर्न ५० प्रतिशत छुट दिइ १ प्रतिशत मात्र AMC लिने गरेको थियो भने सोही शुल्कमा अब अफर अवधिभित्र यो योजनामा सहभागी भएकालाई एक वर्षका लागि कुनै शुल्क नलिने भएको छ ।

‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिइ विगत एक वर्षअघि तिजकै अवसर पारी सञ्चालनमा ल्याइएको हो जसमा महिला ग्राहकहरुले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्छन् ।

क्यापिटलका अनुसार यस योजनामा सलंग्न भएका सेवाग्राहीहरुले अन्य पिएमएसका योजनामा जस्तै यसमा दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ईमेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । त्यसैगरी ग्राहकहरुले प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि सो योजनामा सहभागी हुनसक्ने तथा आफ्नो पोर्टफोलियो हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।