कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा रायमाझी मनोनयन

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा रायमाझी मनोनयन


नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेशजंग रायमाझीलाई कांग्रेस राष्ट्रियसभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम देउवाले राष्ट्रिय सभा सदस्य रायमाझीलाई दलको नेता मनोनीत गरेका उनका निजी सचिव केशवराज जोशीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।