सडक दुर्घटनामा दिदी भाइको मृत्यु

सडक दुर्घटनामा दिदी भाइको मृत्यु


रुपन्देहीको तिलोत्तमामा भएको सडक दुर्घटनामा दिदीभाइको मृत्यु भएको छ । दुर्घटनामा तिलोत्तमा-३ शङ्करनगरकी १२ वर्षीया समीक्षा खराल र उनका सात वर्षीय भाइ सुग्रीम खरालको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाणले जानकारी दिएका छन् ।

आइतबार साँझ तिलोत्तमा नगरपालिका-६ गोरकटास्थित भित्री सडकमा लु. १६ प ६१३० र लु. २८ प ४३७३ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा चार घाइते भएका छन् । उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।