शैक्षिक मेलामा नायिकासँग साक्षात्कार गराउने एजुकेशन एण्ड माइग्रेसन कर्नरको तयारी

शैक्षिक मेलामा नायिकासँग साक्षात्कार गराउने एजुकेशन एण्ड माइग्रेसन कर्नरको तयारी


  • राजन घिमिरे

लामो समयदेखि शिक्षा क्षेत्रमा आवद्ध एजुकेशन एण्ड माइग्रेसन कर्नरले बृहत शैक्षिक मेला २०२२ को आयोजना गर्ने भएको छ । मेला अगस्ट २९ तारेखका दिन सोमबार काठमाडौंको पुतली सडकस्थित शंकरदेव कलेजसंगै रहेको कर्नरको केन्द्रीय कार्यालयमा हुने जानकारी दिइएको छ ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आयोजना हुने मेला विदेश गएर उच्चशिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको सहजता र जानकारीका लागि आयोजना गरिएको संस्थाका नितेश उप्रेतीले जानकारी दिए ।

मेलामा सहभागी हुने विद्यार्थीहरुले मेलाबाट अष्ट्रेलिया, क्यानडा, अमेरिका र बेलायतमा गएर विभिन्न विषयमा अध्ययन गर्नका लागि आवश्यक भरपूर ज्ञान तथा जानकारी हासिल गर्न सक्ने संस्थाका प्रमुख सुनिल उप्रेतीले बताए ।

मेलामा संस्थाकी ब्राण्ड ऐम्बेष्डर एवम् नेपाली सिनेमाकी चर्चित नायिका उपासना सिंह ठकुरीको पनि सहभागिता रहने छ । उपासनाले पनि मेलामा जमघट भएर शिक्षा र चलचित्र क्षेत्रको बारेमा विद्यार्थीहरूसंग भलाकुसारी गर्न आफू उत्सुक रहेको जनाएकी छन् । ‘आउनुस्, मसँग भएको जानकारी म दिने छु, तपाईंहरूसँग भएको जानकारी तपाईंहरू दिनुहोस् । प्रत्येक्ष भेटौँ र भलाकुसारी गरौँ’, उपासनाले भनेकी छन् ।

मेला आयोजना भएकै दिन उपस्थित भएर सहभागिता जनाउने विद्यार्थीहरूलाई संस्थाले आइएलएस र पिटीइ अध्ययनका लागि पचास प्रतिशत छुट दिने निर्णय पनि गरेको छ । शैक्षिक मेलाका दिन विभिन्न देशमा रहेका कलेज तथा विश्वविद्यालयबाट विद्यार्थीहरूले पाउने छात्रवृत्तिका बारेमा पनि संस्थाले परामर्श दिने भएको छ । मेलामा विद्यार्थीहरूका लागि विभिन्न आकर्षक उपहारको ब्यवस्था गरिएको समेत बताइएको छ ।