अब ‘मुना’को ब्राण्डमा नेपाली रैथाने सामान युरोपमा किन्न पाइने

अब ‘मुना’को ब्राण्डमा नेपाली रैथाने सामान युरोपमा किन्न पाइने


  • डिल्ली अम्माई, बेल्जियम

अधिकतम रुपमा गैरआवासीय नेपालीहरुको लगानी रहेको ताजा र स्वस्थकर खाद्यान्न एवम् तरकारी ब्यवसाय गर्ने मुना कृषि लिमिटेड र बेल्जियमको बिएस एक्स्पोर्ट-इम्पोर्टबीच ब्यपारिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।

बेल्जियमको अन्त्वेरपेनमा आयोजित एक विशेष कार्यक्रमबीच मुना कृषि लिमिटेड्का अध्यक्ष युवराज गुरुङ र बिएस एक्सपोर्ट-इम्पोर्टका अध्यक्ष विनोद बानियाँले मुना ब्राण्डमा नेपालको गुणस्तरीय कृषि उपजहरुलाई क्रमिक रूपमा युरोपको बजारमा पुऱ्याउने विषयमा ब्यावसायिक सम्झौता गरेका हुन् ।

नेपालको समग्र कृषिको प्रवर्द्धन गर्नका लागि मुना कृषि लिमिटेडद्वारा सन्चालित मुनाबजारले किसानहरुको स्वस्थ र सुरक्षित खाद्य बस्तुहरु सिधै संकलन गरी उचित मुल्यमा उपभोक्ताहरुलाई बिक्री वितरण गर्दै आएको छ । किसानहरुको उत्पादनलाई सस्तोमा किनेर उपभोक्तालाई महगोमा बेच्ने बिचौलियारहित माध्यमबाट सिधै कृषकको उत्पादन उपभोक्ताको दैलो सम्म पुऱ्याउने काम गर्दै आएको मुना बजारका काठमाडौं र पोखरामा गरी पाँच वटा शाखा छ्न् भने अब युरोपमा पनि मुनाको ट्रेडमार्क रहेको नेपाली किसानको उत्पादन किन्न पाइनेछ। यसबाट नेपालको कृषि उत्पादनमा टेवा पुग्ने र नेपाली किसानलाई आफ्नो उत्पादन बढाउन हौसला हुने दुवै कम्पनीले विश्वास लिएका छन् ।

सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा मुना कृषि लिमिटेडको सुरुवातदेखि अहिलेसम्म भएको प्रगतिको बारेमा एक डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो ।