अष्ट्रेलियामा ‘प्रकाश’ले तताएको बजार

अष्ट्रेलियामा ‘प्रकाश’ले तताएको बजार


  • राजन घिमिरे, सिड्नी

अष्ट्रेलियामा रहेका नेपालीले नेपाली चलचित्र ‘प्रकाश’ हेर्ने समयको प्रतीक्षा समाप्त हुनै लागेको छ । अष्ट्रेलियालाई कर्मथलो बनाएर सक्रियता दर्शाउँदै आएका महेन्द्र अधिकारीले निर्माण गरेको चलचित्र प्रकाश छिट्टै प्रदर्शन हुन लागेको हो ।

यतिबेला अधिकारी चलचित्रको रिलिजको लागि नेपालमा छन् भने अष्ट्रेलियामा अन्य देशहरूको जस्तै प्रकाशले चर्चा बटुलिरहेको छ ।

सिड्नीलगायत अष्ट्रेलियाका विभिन्न शहरहरूमा चलचित्र प्रकाशलाई प्रदर्शनको चाँजोपाँजो मिलाइएको छ । सिड्नीमा गोर्खे इन्टरटेनमेन्टले ‘प्रकाश’ चलाउने भएको छ । गोर्खे इन्टरटेनमेन्टका रञ्जितराज वन्तका अनुसार दर्शकहरूको अत्यधिक मागकै कारण चलचित्र प्रकाशलाई नेपालसँगै रिलिज गर्न लागिएको हो ।

अगष्ट २६ का दिन सिड्नीको हर्षभिलमा रहेको इभेन्ट सिनेमा हल र २७ तारिखमा सिड्नीकै बरूउडमा रहेको इभेन्ट सिनेमा हलमा प्रकाश लाग्ने निश्चित भएको वन्तले जानकारी दिए । प्रकाश चलचित्रको टिकट चाहिए ‘टिकट प्लस डट कम डट एयु’ बाट खरिद गर्न सकिने जानकारी वन्तले दिएका छन् । उनले सिड्नीमा यो चलचित्र हेर्न विशेष गरेर युवा पुस्ताले बढी चासो दिएको बताए ।

दिनेश राउतको उच्चकोटीको निर्देशनको साथमा प्रदीप खड्का र दिया मास्केको फरक अनि प्रभावशाली काम हेर्न अष्ट्रेलियामा रहेका नेपाली चलचित्रप्रेमी दर्शकहरू यतिबेला प्रतीक्षारत रहेका छन् ।