अब्राहमिक कम्युनिष्ट चरित्र

अब्राहमिक कम्युनिष्ट चरित्र


पहाडीविरुद्ध मधेशी, ब्राम्हण-क्षेत्रीविरुद्ध जनजाति, हिन्दुविरुद्ध बौद्ध लडाउनु र एकअर्कामा घृणाभाव पैदा गराउनु कम्युनिष्टको लक्ष्य हो । यसैमा यिनीहरूको राजनीति अडिएको छ । नेपाली कम्युनिष्टको वास्तविक पहिचान ब्राम्हण क्षत्री र हिन्दु धर्मविरुद्ध काम गर्नमा परिचित छ, साथै यिनीहरूलाई राष्ट्रिय एकता र सार्वभौमिकताविरोधि भएर आफ्नो अस्तित्व खडा गर्नु छ ।
  • प्रभात अधिकारी

विश्वमा उदाहरण दिनलायक शान्त, समृद्ध र सभ्य कम्युनिष्ट मुलुक छैन । सैद्धान्तिक, वैज्ञानिक र व्यवहारिक तीनै दृष्टिमा कम्युनिष्ट विचार पुर्णतया असफल र हानिकारक रहेको कुरा विश्व इतिहासले प्रष्ट गरिसकेको छ । हाम्रा कम्युनिष्ट नेताहरू समेत उत्तर कोरियाप्रति गर्व गर्ने हिम्मत गर्दैनन् । माओकै देश चीनमा नाम मात्रको कम्युनिष्ट मोडेल छ । त्यहाँको अर्थतन्त्र पुँजिवादी छ, चीनका केही व्यापारी/उद्योगीहरू विश्वकै धनाढ्यको सूचिमा उक्लिएका छन् । त्यसैले नेपाली कम्युनिष्टहरू नेपाललाई सिंगापुर वा स्विजरल्याण्ड जस्तो बनाउने सपना देखाउँछन्, चीन, क्युबा वा उत्तर कोरिया जस्तो होइन ।

युरोप र अमेरिकामा कम्युनिष्टको विकास भएन । त्यहाँ पनि कम्युनिष्टको बिउ नरोपिएको होइन तर अङ्कुरणसमेत हुन पाएन । पुँजिवादी र प्रजातान्त्रिक शक्तिराष्ट्रले भएभरको तागत लगाएर दमन ग¥यो । तिनको अस्तित्व नै नामेट गरिदियो । तर नेपालजस्तो मुलुकमा कम्युनिष्टहरू सफल हुनु र यिनीहरूलाई तिनै युरोप अमेरिकी मुलुकको निरन्तर साथ सहयोग रहनु आश्चर्यजनक कुरा हो । माओवादी द्वन्द्वकालिन समयमा लडाकु र लडाकु नाइकेहरूले आफूलाई सुरक्षित स्थान भारतलाई ठाने । द्वन्द्वकालिन समयमा भूमिगत हुन यिनीहरू चीन, रसिया वा कोरिया गएनन् । आफू सत्तामा आउन युरोप/अमेरिकाको काँध रोजे । यिनीहरूलाई सत्तारोहण गर्न/गराउन कुनै कम्युनिष्ट मुलुकहरूले प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग हुन सकेन । बरु विश्वकै ठुला प्रजातान्त्रिक र पुँजिवादी मुलुक भारत, अमेरिका र युरोपेली देशहरूको साथ पाए ।

युरोप र अमेरिकाको लागिसमेत टाउकोदुखाइ बनेको विषय हाम्रो धर्म-संस्कृति र सभ्यता हो जुन कम्युनिष्टको आवरणमा मात्र ध्वस्त पार्न सकिन्छ । यसकारण नेपालमा कम्युनिष्टको अस्तित्व सम्भव छ र, यिनीहरूको अस्तित्व पश्चिमा राष्ट्रको स्वार्थसँग जोडिएको छ । नेपाललाई आर्थिक रूपले सधैं कमजोर नै बनाइराख्न परचक्रीलाई कम्युनिष्टको आवश्यकता छ । साथै सामाजिक रूपले घृणा र द्वन्द्वको भुमरीमा धकेल्न कम्युनिस्टको आवश्यकता छ । नेपाली कम्युनिष्टहरू पश्चिमा इसाई राष्ट्रहरूको दूत भएर नेपालमा कसरी काम गर्दैछन् र यिनीहरूको चरित्र कस्तो छ भन्ने बारेमा केही बुँदागत टिप्पणी गरौँ ।

पुँजीवादी अर्थतन्त्रको धुवाँदार विरोध गर्ने कार्ल मार्क्सले अङ्ग्रेजको औपनिवेशिक शासन र लुटको बारेमा २-४ ओटा ग्रन्थ किन लेखेनन् ? हाम्रा राणा प्रधानमन्त्री जंगबहादुरलाई अङ्ग्रेजको पाल्तु कुत्ता भन्न भ्याएका मार्क्सले तिनै अङ्ग्रेजले गरेको बर्बर लुट र अपराधको बारेमा किन केही लेखेनन् ? यसैबाट प्रष्ट हुन्छ, कार्ल मार्क्स पनि अङ्ग्रेज फिरङ्गी मानसिकताको एक बिम्ब मात्र हुन् ।

१. पहिचानको राजनीति

कम्युनिष्टहरू जातजाति र धर्मको अस्तित्व मान्दैनन् । जात, धर्म, संस्कृति र परम्परा केही होइन, यस्ता कुराहरू समाजको विकास र प्रगतिको बाधक हुन् भन्ने कम्युनिस्टहरू नै नेपालमा जातिय राज्य र पहिचानको राजनीति गरिरहेका छन् । नेपालमा जातीय राजनीतिको बिउ रोप्ने यिनीहरू नै हुन् । यो पुर्णतया मार्क्सवादी विचारले समेत अस्विकार गर्ने कुरा हो, तर पनि नेपाली कम्युनिष्टहरू जातको राजनीति यसकारण गर्छन् कि उनीहरू समाज फुटाउन चाहन्छन्, समाज नफुटेसम्म उनीहरूको राजनैतिक जग बलियो हुँदैन । कम्युनिष्टहरूको जात र पहिचानको राजनीति कसैको धर्म-संस्कृति र पहिचानको संरक्षण गर्न नभएर बरु त्यसैलाई समाप्त गर्नमा हो भन्ने कुरा विगतका केही वर्षले पुष्टि गरिसकेको छ ।

जब कम्युनिष्टहरूले जात र पहिचानको राजनीति शुरुवात गरेर जनजातिहरूलाई विभिन्न नारामा जातिय पहिचानको संगठनहरू खोल्न लगाए त्यसयता उनीहरूको पहिचान संरक्षित होइन बरु समाप्त हुन शुरुवात गरेको छ । हिजोको हिन्दुअधिराज्य र राजसंस्थाले जनजातिको पहिचान मेटियो भनेर कपोलकल्पित झुट नारा घोकाइएका जनजातिहरू आज पहिचानविहीन हुँदै गएका छन् । जात र पहिचानको राजनीति शुरुवात भएसँगै विकट गाउँ-बस्तीहरूमा स्थापित चर्चको संख्याले माओवादीको जात र पहिचानमा आधारित राजनीति के रहेछ बुझ्न कठिन छैन ।

२. प्रगतिशील र सर्वज्ञानी भएको घमण्ड

कम्युनिष्टहरू आफूलाई अग्रगामी ठान्दछन् । आफूले आफूलाई सर्वज्ञानी ठान्नु यिनीहरूको वास्तविक पहिचान हो । धर्म मान्दैनन् तर धर्मको बारेमा उनीहरूले नै राम्रोसँग जान्ने दाबी गर्छन् । संस्कृति र परम्पराको पनि वास्तविक व्याख्या उनीहरूले नै गर्ने दाबी गर्छन् जो स्वयम् पुर्णतया संस्कृतिविहीन छन् । मार्क्सवादीहरूले लेखेको कविता मात्रै प्रगतिशील हुने ठान्दछन् । उनीहरूको साहित्य मात्रै अग्रगामी, आधुनिक विचारमा आधारित र प्रगतिशील भएको दाबी गर्छन् । प्रगतिशील कवि र लेखक पनि यिनीहरू नै हुने ! यी प्रगतिशीलहरूले हिजोआज आफूले आफैलाई वैज्ञानिकसमेत भन्न थालेका छन् । अचेल वैज्ञानिक शब्द नै राखेर दल खोल्ने कम्युनिष्ट पनि छन् ।

. अब्राहमिक कम्युनिष्ट

इसाईहरू विश्वलाई नै यहोबाको राज्यमा परिणत गर्ने चाहना राख्छन्, सोहीअनुसार विश्वभरी इसाईकरणको धन्दा चलाइरहेका छन् । इसाईहरू अन्यको धर्म-संस्कृति पुर्णतया अस्विकार गर्छन् । लोभ, प्रलोभन, डर, त्रास र हदैसम्मको अराजकता अपनाएर अन्यको अस्तित्व नामेट पार्दै इसाई बनाउनु इसाई मतालम्बीको प्रमुख एजेण्डा हो । त्यस्तै मुस्लिमहरू पनि गैरमुस्लिमलाई ‘काफिर’ भन्छन् । उनीहरूको दृष्टिकोणअनुसार काफिर अर्थात् हिन्दु, बौद्ध आदिलाई जबर्जस्ती मुस्लिम बनाउन चाहन्छन् ।

अफगानिस्तानदेखि इण्डोनेशियासम्मको भारतवर्षीय भूभागमा भएका मुगलकालिन समयदेखि हालसम्मको इतिहास हेरियो भने हिन्दु र बौद्धको कत्लेआम गर्दै मुस्लिमीकरण भएको हो । नेपाली कम्युनिष्टको चरित्र ईसाई र मुस्लिमको भन्दा पृथक छैन । जसरी अब्राहमिक (इसाई र मुस्लिम) हरूले अन्यको अस्तित्व स्वीकार गर्दैनन्, ठीक त्यसरी नै कम्युनिष्टहरू अन्यको अस्तित्व स्वीकार गर्दैनन् । मुस्लिमले अल्लाह र इसाईले क्राइस्टबाहेक अन्यको अस्तित्व अस्विकार गरेझैँ कम्युनिष्टले कार्लमार्क्स र कम्युनिष्ट विचारकहरू बाहेकको अस्तित्व स्विकार्दैनन् । इसाईको यहोबाको राज्य भनेझैँ कम्युनिष्टहरू विश्वलाई एकै राज्य बनाउने सपना देख्छन् र विश्व नै मार्सवादी विचारद्वारा शासित हुने कल्पना गर्दछन् । यसका लागि अन्यको विचारमाथि प्रतिबन्ध लगाउनु, अन्यको अस्तित्व नकार्नु, गाली-बेइज्जत र अपव्याख्याद्वारा अन्यलाई गलत सावित गर्नु मार्क्सवादीहरूको प्रमुख धन्दा हो, जुन अब्राहमिकहरूले आफ्नो अस्तित्व खडा गर्नको लागि गर्ने गर्दछन् । माओको ‘द हण्ड्रेडस् फ्लावर क्याम्पेन’बाट वाक स्वतन्त्रता र फरक विचारको सम्बन्धमा कम्युनिष्टहरू कति कठोर हुन्छन् भन्ने बुझ्न सकिन्छ । स्टालिनले रसियामा गरेको गैरकम्युनिष्ट बौद्धिक व्यक्तिहरूको सफाया र क्रुरताले प्रष्ट गर्छ ।

घृणाभाव पैदा गर्न हरेक शब्दको अगाडि एक विशेषण जोड्नु कम्युनिष्टको मनोगत रोग नै हो । जस्तै राज्यसत्ताको अगाडि ‘सामन्ती’, राजतन्त्रको अगाडि ‘निरङ्कुश’, शिक्षाको अगाडि ‘बुर्जुवा’, समाजको अगाडि ‘पितृसत्ता’ आदि । रोचक कुरा त के छ भने यतिबेला सत्तामा कम्युनिष्टहरूकै हालीमुहाली छ, तैपनि केही कम्युनिष्ट लेखकहरू ‘बुर्जुवा प्रहरी’ र ‘बुर्जुवा न्यायालय’ शब्द प्रयोग गरेर राज्य संरचनाको अपमान गर्दैछन् ।

नेपाली कम्युनिष्टले अब्राहमिक (इसाई र मुस्लिम)का लागि सहयोगी भूमिका निभाइरहेका छन् । जसरी दुधले भरिएको गिलासमा पानी राख्नको लागि सर्वप्रथम गिलास खाली गर्नुपर्छ, त्यस्तै हिन्दुहरूलाई अब्राहमिकरण गर्नको लागि सर्वप्रथम हिन्दु संस्कृतिबाट विमुख गराउनुपर्छ, जुन कम्युनिष्टहरूले गर्दै आएका छन् । हिन्दुहरूको निरन्तर विरोध गर्ने तर अब्राहमिकको सन्दर्भमा मौन रहनुमा भित्री कुरा अब्राहमिकरणलाई मलजल नै हो भन्नेमा दुई मत छैन । धामी झाँक्री, कुल (मस्टो) पूजा आदिको कम्युनिष्टहरूले निरन्तर विरोध गर्छन् । हिन्दु धर्मलाई अन्धविश्वास, अवैज्ञानिक र पुर्णतया पाखण्डको उपमा दिने कम्युनिष्टहरू चर्चभित्र हुने अन्धविश्वास देख्दैनन् । अचेल रुमाल हम्किएर एड्ससमेत निको पारेको दाबी गर्ने इसाई पास्टरहरूको कमी छैन । गाउँ-गाउँमा यस्तै पास्टरहरूले मौलिक धर्म-संस्कृतिको अस्तित्व मेटिरहेका छन् तर कम्युनिष्टहरूले त्यस्ता अन्धविश्वास र भ्रमको कहिल्यै विरोध गर्दैनन् ।

४. आतङ्कवादप्रति आस्थावान

‘बन्दुकको नालबाट सत्ता कब्जा’ यो नै मार्क्सवादी वा कम्युनिस्टको आदर्श वाक्य हो । बन्दुकको नाल अर्थात् डर, त्रास र धम्कीद्वारा मानिसहरूलाई आफ्नो विचार स्विकार्न बाध्य बनाउने र सत्ता कब्जा गर्ने कम्युनिष्ट काइदा हो । सामान्य चेत भएको व्यक्तिले यो वाक्यलाई आतङ्कवादको स्विकारोक्ति हो भन्ने नै बुझ्दछ । यसमा द्विविधा नै छ । विश्व इतिहास केलायौँ भने जहाँ कम्युनिष्टको शासन छ त्यहाँ हिंसात्मक बाटोबाटै कम्युनिष्टहरूले सत्ता कब्जा गरेका छन् । कम्युनिष्टले सत्ता कब्जा गरिसकेपछि पनि त्यहाँका आमनागरिकको व्यक्तिगत स्वतन्त्रता उनीहरूकै मुठ्ठीमा हुने गर्छ । चीन, उत्तर कोरिया, रसिया, क्युबा आदि देशको उदाहरण लिन सकिन्छ । यतिबेला नेपालको राज्यसत्ता कम्युनिष्टहरूकै पकडमा छ, यिनीहरूको पृष्ठभूमि पनि हिंसा नै हो । साथै यिनीहरू आज सत्तामा हुँदा पनि हिंसाकै गन्ध महसूस हुन्छ ।

५. घृणावाद

देश र धरोहरप्रति घृणाको भावना पैदा गर्नमा कम्युनिष्टहरूले नेतृत्व गरिरहेका छन् । कम्युनिष्टहरू नेपाल एकीकरण अभियानलाई धोकाको रूपमा मान्दछन् । राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहलाई प्रधान शत्रु ठान्दछन् । पृथ्वीनारायण शाहलाई निरङ्कङ्कुश र हत्याराको नजरले हेर्छन्, सोहीअनुसार उहाँको व्यक्तित्वको व्याख्या गर्छन् । त्यसो हो भने कम्युनिष्टले कल्पना गरेअनुसारको नेपालको भूगोल कुन हो ? मार्क्सवादी विचारअनुसार नेपाल कत्रो हुनु पर्दथ्यो ? नेपाल कसले बनाउनु पर्दथ्यो ? अहिले भएको नेपालको भूगोलप्रति पूर्ण असहमति जनाउने कम्युनिस्टले बनाउन खोजेको कस्तो र कत्रो नेपाल हो ? नेपाल एकीकरणलाई नस्विकार्ने हो भने नेपाललाई पुनः एकीकरणपूर्वको खण्डित बनाउनुपर्छ भन्न खोजेको हो ? अथवा नेपाल एकीकरण भएर गलत भयो भन्न खोजिएको हो ? वा फिरङ््गी अङ्ग्रेजद्वारा प्रत्यक्ष शासित हुन् नपाएको पीडा पोखेको हो ? यसको जवाफ कम्युनिष्टहरूले दिनैपर्छ ।

कम्युनिष्टहरू नेपाललाई अर्धऔपनिवेशिक राज्य मान्दछन्, शासकीय चरित्रलाई सामन्ती र नश्लीय मान्दछन् । तर यतिबेला उनीहरू स्वयम् सत्तामा छन्, उनीहरूको राज्यसता र शासकीय स्वरुपलाई के नाम दिन्छन् त कम्युनिष्टहरू ? यिनीहरू नेपाल देश, यहाँको भाषा, धर्म र संस्कृतिलाई घृणा गर्न पृथ्वीनारायणलाई त दुत्कार्छन् नै, साथै भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा समेतलाई दुत्कार्छन् । जसले नेपाली समाजलाई जोड्ने काम गर्छन ती व्यक्ति र धरोहर अक्सर कम्युनिष्टको नजरमा शत्रु हुने गर्छ । कम्युनिष्टहरूले कहिल्यै अमरसिंह थापा, झागल गुरुङ, कालु पाण्डे, विषे नगर्ची र बलभद्र कुँवरहरूप्रति गौरव गर्दैनन् । पशुपतिनाथ, जानकीधाम र मुक्तिनाथप्रति गर्व गर्दैनन् । नेपालको प्राचीन कला-कौशल, ऐतिहासिक धरोहर, मठ-मन्दिरप्रति कहिल्यै गर्व गर्दैनन् ।

घृणाभाव पैदा गर्न हरेक शब्दको अगाडि एक विशेषण जोड्नु कम्युनिष्टको मनोगत रोग नै हो । जस्तै राज्यसत्ताको अगाडि ‘सामन्ती’, राजतन्त्रको अगाडि ‘निरङ्कुश’, शिक्षाको अगाडि ‘बुर्जुवा’, समाजको अगाडि ‘पितृसत्ता’ आदि । रोचक कुरा त के छ भने यतिबेला सत्तामा कम्युनिष्टहरूकै हालीमुहाली छ, तैपनि केही कम्युनिष्ट लेखकहरू ‘बुर्जुवा प्रहरी’ र ‘बुर्जुवा न्यायालय’ शब्द प्रयोग गरेर राज्य संरचनाको अपमान गर्दैछन् ।

उद्योगी /व्यवसायीलाई ‘दलाल पुँजीपति’, ‘शोसक-सामन्ती’ र ‘लुटेरा’को नजरले हेर्ने आम मनोवृत्तिको विकास कम्युनिष्टहरूले नै गरेका हुन् । जुन देशमा उद्योगी व्यवसायीहरूको अपमान हुन्छ, त्यो देश गरिब नभइरहन सम्भव छैन ।

साथै, पहाडीविरुद्ध मधेशी, ब्राम्हण-क्षेत्रीविरुद्ध जनजाति, हिन्दुविरुद्ध बौद्ध लडाउनु र एकअर्कामा घृणाभाव पैदा गराउनु कम्युनिष्टको लक्ष्य हो । यसैमा यिनीहरूको राजनीति अडिएको छ । नेपाली कम्युनिष्टको वास्तविक पहिचान ब्राम्हण क्षत्री र हिन्दु धर्मविरुद्ध काम गर्नमा परिचित छ, साथै यिनीहरूलाई राष्ट्रिय एकता र सार्वभौमिकताविरोधि भएर आफ्नो अस्तित्व खडा गर्नु छ । जातजातिमा ब्राम्हण र क्षत्रीलाई, भौगोलिक आधारमा पहाडलाई, धर्ममा हिन्दुलाई गाली गर्नु आम कम्युनिस्टको चरित्र हो ।

६. निकम्मा र विकासविरोधी

कम्युनिष्टहरू कुनै कर्म गर्दैनन्, उद्योग व्यापार यिनीहरूबाट असम्भव छ । यिनीहरू जसरी हुन्छ धनीको सम्पत्ति लुटेर बाँड्ने दाउ गरिरहन्छन् । यद्यपि मार्क्सवादी-समाजवादी कृषि, उत्पादन र वितरण प्रणाली आदि भनेर भाषणबाजी गर्न कहिल्यै थाक्दैनन्, तर स्वयम् कुनै काम गरेर उदाहरण दिन तयार हुँदैनन् । यिनीहरूलाई एउटा सल्लाह छ, देशभरका कम्युनिस्टहरू एक भएर समाजवादी मोडेल बनाएर देखाए भइहाल्यो नि ! व्यक्तिगत सम्पत्ति नराखून्, समुहको नाममा सबैले आ–आफ्नो व्यक्तिगत सम्पत्ति एक ठाउँमा जम्मा गरेर पुँजी निर्माण गरुन् र सोको प्रयोग गर्दै एकसाथ मजदूरी गरुन् अनि समान प्रतिफल बाँडून् । कतै जनताले पत्याएर समाजवादी मोडेललाई बन्दुकको नालबिना नै स्विकार्छन् कि ! समान प्रतिफल लिने गरी कम्युनिष्ट मिलेर कुनै परियोजना सम्पन्न गर्दै उदाहरणीय बन्नको लागि कसैले रोकेको छैन । कम्युनिस्ट आदर्श र विचारअनुसार आचरण गर्दा हुन्छ ।

माथि भनिएझैँ कम्युनिष्टहरू अक्सर काम नै गर्दैनन् त्यसैले अधिकांश कम्युनिष्टहरू बेरोजगार छन् । धेरैजसो सक्रिय कम्युनिष्ट नेता-कार्यकर्ताको दैनिकी भाषणबाजी गरेरै बित्ने गर्छ । कम्युनिष्ट विचारलाई आदर्श मान्नेहरूले कुनै व्यवसायमा नोकरी गरिहाले भने पनि ‘मजदूर संगठन’ आदि खोलेर उक्त व्यवसाय नै धरापमा पारिदिन्छन् । माओवादीहरू जंगलबाट शहर पसेलगत्तै शहरका होटेल, रेष्टुरेन्ट र औद्योगिक प्रतिष्ठानहरूमा कथित मजदूर संगठनको नाममा आतङ्क शुरु भए । धेरै व्यवसायहरू टाट पल्टिए, केहीलाई धन्दा नै बन्द गर्नुपर्ने अवस्थामा पुऱ्याइयो । माओवादी चन्दा आतङ्कको बारेमा सबै जानकार नै छन् । छिटफुट चन्दा आतङ्क र गुन्डागर्दी सत्ताबाहिरका कम्युनिष्टहरूबाट हिजोआज पनि भइरहेकै छ । देशमा प्रयाप्त उद्योग धन्दाको विकास नहुनु र बेरोजगारी बढ्नुमा कम्युनिष्टको प्रमुख भूमिका छ भनियो भने सायद गलत हुँदैन । उद्योगी व्यवसायीलाई ‘दलाल पुँजीपति’, ‘शोसक-सामन्ती’ र ‘लुटेरा’को नजरले हेर्ने आम मनोवृत्तिको विकास कम्युनिष्टहरूले नै गरेका हुन् । जुन देशमा उद्योगी व्यवसायीहरूको अपमान हुन्छ, त्यो देश गरिब नभइरहन सम्भव छैन ।

७. विधर्मी कम्युनिष्ट

कोही कम्युनिष्ट विपश्यना ध्यान गर्छन्, धर्म मान्दैनन्, ईश्वर छैन भन्छन्, तर केही कम्युनिष्टले आफूलाई अध्यात्मवादी भन्नचाहिँ छाडेका छैनन् । पत्रपत्रिकामा अचेल यस्तै आलेखहरू आउन थालेका छन् । धर्म र अध्यात्मलाई फरक भनेर व्याख्या गर्छन् । सायद वास्तविक धार्मिक-आध्यात्मिकलाई भ्रमित पार्ने कुचेष्टा यसभित्र लुकेको छ । आफूलाई चरम भौतिकवादी ठान्ने मार्क्सवादी मनुवाहरूले ध्यान कसरी गर्लान् ? तिनले बुझेको अध्यात्म कस्तो होला ? ज्ञानको अभावमा यतिसम्मको झुट, तर्कहीन र पूर्णतया असम्भव उट्पट्याङ समेतलाई नेपाली समाजले पचाउँदै आएको छ । देशका सञ्चारमाध्यमले समाजलाई कतातिर डो¥याउन खोज्दैछ भन्ने बुझ्न गाह्रो छैन । राम थिएनन्, रामायण झुट हो, काल्पनिक हो भन्नेहरू नै जब-जब महिलाअधिकारको प्रसङ्ग आउछ तब माता सीताको अग्निपरीक्षालाई प्रमाणिक श्रोत सामग्रीको रूपमा उल्लेख गरेर हाम्रो धर्म-संस्कृति र संस्कारलाई गाली गर्न पुग्छन् । जसले जसको अस्तित्व नै छैन भन्ने ठान्दछ उसैको उदाहरण दिनु कत्तिको जायज हो ?

देवीदेवता केही नमान्ने त्यस्ता कम्युनिष्टहरूले एकपटक महिषासुर जनजातिको पुर्खा थिए, उनलाई छल गरेर दुर्गाले मारिन् अब महिषासुरलाई न्याय दिनुपर्छ भनेर समेत लेख्न भ्याए । रावण पुलस्त्य ऋषिको पुत्र हुन्, जात र वर्णको हिसाबले उनी ब्राह्मण कुलमा जन्मिएका हुन् । तर जात र वर्ण नमान्ने, धर्म त झन् मान्दै नमान्ने कम्युनिष्टहरू रावण जनजातिको पुर्खा थिए भन्न भ्याएकै छन् । जसरी हुन्छ, आजको नेपाली समाजमा मिलेर बसेको ब्राम्हण, क्षेत्री र जनजाति समुदायबीच द्वन्द्व मच्चाउनु नै छ । हिन्दु धर्मशास्त्र र देवीदेवताको अस्तिव मान्दैनमान्ने कम्युनिस्टहरू समाजमा द्वन्द्वको खेती गर्नकै लागि वैदिक शास्त्रलाई प्रमाणिक मान्न हिच्किचाउँदैनन् । जिन्दगीभर धर्म र संस्कृतिको विरोध गर्ने कम्युनिस्टहरू विवाह गर्दा हाडानातामा गर्दैनन्, गोत्र हेर्छन् । जात र वर्णको अस्तित्व नै नस्विकार्ने चरम भौतिकवादी कम्युनिष्टहरू हाडनाता अर्थात् सगोत्री विवाह किन गर्दैनन् ?

पुँजीवादी अर्थतन्त्रको धुवाँदार विरोध गर्ने कार्ल मार्क्सले अङ्ग्रेजको औपनिवेशिक शासन र लुटको बारेमा २-४ ओटा ग्रन्थ किन लेखेनन् ? हाम्रा राणा प्रधानमन्त्री जंगबहादुरलाई अङ्ग्रेजको पाल्तु कुत्ता भन्न भ्याएका मार्क्सले तिनै अङ्ग्रेजले गरेको बर्बर लुट र अपराधको बारेमा किन केही लेखेनन् ?

८. कुण्ठा भरिएको व्यक्तित्व र सङ्कीर्ण मानसिकता

हरेक कुरामा प्रश्न गर्ने र विरोध गर्ने आम कम्युनिस्टहरूको साझा चरित्र हो । गोपाल योञ्जनद्वारा रचिएको/गाइएको ‘बनेको छ पहराले यो छाती मेरो, बगेको छ छहरा रगतमा मेरो, पखेरूमा जन्मी टाकुरामा खेल्ने, म झुक्दै नझुक्ने नेपालको छोरो’ भन्ने गीत छ, यो गीत मन नपराउने नेपाली सायदै कोही होलान् । तर मार्क्सवादी कम्युनिस्टहरू प्रश्न गर्छन्- यो गीतमा मधेश किन अटाएन ? त्यस्तै, गुलाम अलीले गाएको ‘गाजलु ती ठुला-ठुला आँखा’ भन्ने गीतमा के ठुला आँखा मात्रै राम्रो हुन्छ, चिम्सा आँखा राम्रो हुँदैन ? यो गीतले ब्राम्हण क्षेत्रीको मात्र प्रतिनिधित्व गर्न खोजेको हो ? यस्ता प्रश्न गर्छन् आजका चेतनशील, प्रगतिशील र वैज्ञानिक मार्क्सवादीहरू । यिनीहरूलाई केही चाहिँदैन, जसरी होस् जात, जाति र क्षेत्रको आधारमा मानिसहरूलाई फुटाउन गीत र कवितामा समेत निउँ खोज्न पुग्छन् । अर्काखाले कम्युनिष्टहरू क्ष – क्षत्रिय, ज्ञ – ज्ञानी किन पढाइन्छ भनेर प्रश्न गर्छन् । तर पाठ्यपुस्तकमा ई – बाट ईसा भइसकेकोमा उनीहरू बेखबर छन्, यसमा प्रश्न गर्दैनन् ।

९. फिरङ्गी मार्क्स

मार्क्स युरोपमा जन्मिए, उनले तत्कालिन समयमा युरोपका गोरा छालाले एसिया, ल्याटिन अमेरिका र अफ्रिकातिर लुट्न हिँड्ने लुटेरा समाजमा हुर्किए । मजदूर र सर्वहारा वर्गको चिन्ता गर्ने मार्क्सले कहीँकतै उपनिवेशिक शासनको विरोध गरेका छैनन् । अङ्ग्रेजहरूले अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा गरेको लुटको बारेमा मार्क्सको एक शब्द पनि सहानुभूति निस्किएको छैन । आजका मार्क्सवादीहरू कार्ल मार्क्सलाई दुनियाकै सबैभन्दा ठुलो विद्वान्, दार्शनिक र वैज्ञानिकसमेत भनेर व्याख्या गर्छन् तर त्यति महान् व्यक्तित्वबाट उपनिवेशिक शासनको विरोध किन भएन ? पुँजीवादी अर्थतन्त्रको धुवाँदार विरोध गर्ने कार्ल मार्क्सले अङ्ग्रेजको औपनिवेशिक शासन र लुटको बारेमा २-४ ओटा ग्रन्थ किन लेखेनन् ? हाम्रा राणा प्रधानमन्त्री जंगबहादुरलाई अङ्ग्रेजको पाल्तु कुत्ता भन्न भ्याएका मार्क्सले तिनै अङ्ग्रेजले गरेको बर्बर लुट र अपराधको बारेमा किन केही लेखेनन् ? यसैबाट प्रष्ट हुन्छ, कार्ल मार्क्स पनि अङ्ग्रेज फिरङ्गी मानसिकताको एक बिम्ब मात्र हुन् ।

१०. सर्वहारा वर्ग

मार्क्सकालिन समयको सर्वहारा भनेको औपनिवेशिक चर्च र औद्योगिक संस्थानले शोषण गरेका मानिसहरू हुन् । मार्क्सले तिनै औद्योगिक युग देखेर व्याख्या गरेजस्तो मजदूर आज विश्वमै लगभग छैनन् । नेपालकै सन्दर्भमा भन्ने हो भन्ने पछिल्लो आर्थिक सर्वेक्षणअनुसार देशभर ११ प्रतिशत बेरोजगारी छ । यसको मतलव ८९ प्रतिशत जनता हुने खाने वर्गमा गनिए । साथै नेपालमा जग्गाविहीन जनता १-२ प्रतिशत मात्रै छन् । विश्वबाट नै गरिबी हट्दैछ र, सर्वहारा वर्ग अर्थात् केही नभएको जनताको सङ्ख्या घट्दै गएको छ । यसरी सर्वहारा वर्ग घट्दै गएको अवस्थामा कम्युनिष्टहरूको औचित्य रहला ? साथै पुँजिवादी अर्थतन्त्र भएका मुलुकहरूले उद्योग धन्दामा काम गर्ने मजदूर, किसान, सरकारी गैरसरकारी कर्मचारी आदि सबैलाई सुरक्षित जीवनबिमा र पेन्सनको सुविधाहरू दिएर सबैको जीवन सहज बनाउँदै छन् । बेरोजगारहरूलाई रोजगारीमा नजोडिएसम्मको लागि सहज जीवनको लागि बेरोजगार भत्ता जस्ता सुविधाहरू दिन थालिएको छ । जसले गर्दा मार्क्सले भनेजस्तो सर्वहारा र मजदूर अब संसारबाट कम्युनिष्ट शासनबिना नै लुप्त हुँदै छन् । आधुनिक विज्ञान र विकासले जति फड्को मार्दै जान्छ त्यसको लागि क्षमताअनुसार सबैले उपभोग गर्न पाउँछन् नै । त्यसैले सर्वहारा वर्गको अधिनायकत्व कायम गर्नको लागि संसारमा बन्दुकको नाल समात्ने कोही मजदूर बाँकी होलान् र कथित समाजवादी क्रान्तिको लागि सङ्घर्ष गर्न तयार होलान्, यो असम्भव छ । साथै अहिलेको सूचना प्रविधिको युगमा मान्छेलाई मुर्ख (कम्युनिष्ट) बनाएर मर्ने र मार्ने खेति फस्टाउने कुरा दिवासपना बाहेक केही होइन ।