पाँच चिनियाँ विमानले मध्यरेखा पार गरेको ताइवानको आरोप

पाँच चिनियाँ विमानले मध्यरेखा पार गरेको ताइवानको आरोप


ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्यरेखा पार गर्ने पाँच वटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ ।

यसै महिनाको सुरुदेखि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले टापुको भ्रमण गरेपछि चीनले ताइवाननजिकै अभ्यास गरिरहेको छ । ताइवान सरकारको कडा आपत्तिको बाबजुद चिनियाँ सेनाको जहाजले मध्यरेखा पार गरेको हो ।