तीस घण्टा लामो होटल घेराबन्दी अन्त्य, चालिस भन्दा बढीको मृत्यु

तीस घण्टा लामो होटल घेराबन्दी अन्त्य, चालिस भन्दा बढीको मृत्यु



सोमालियाको राजधानी मोगादिसुको हयात होटलमा अल-शबाब आतङ्ककारीहरूले आक्रमण गरेको झण्डै ३० घण्टापछि घेराबन्दी समाप्त भएको सरकारी सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

अल-शबाब आतङ्ककारीहरूले गरेको आक्रमणमा ४० जनाको मृत्यु हुनुका साथै ७० भन्दा बढी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षा अधिकारी र आक्रमणकारीहरूबीच झण्डै ३० घण्टासम्म गोली हानाहान जारी रहेको थियो ।

अल–कायदा आतङ्ककारी समूहसँग आबद्ध अल-शबाबले सोमालियाको सरकारविरुद्ध सशस्त्र सङ्घर्ष गरिरहेको छ र अझै पनि देशको दक्षिणी र मध्य भागमा ठूलो भूभागमा नियन्त्रण गरिरहेको छ ।

भारतले मोगादिसुको हयात होटलमा भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । यसले पीडित परिवारप्रति समवेदना पनि व्यक्त गरेको छ ।

भारतले सोमालियाको सरकार र जनताको आतङ्कवादविरुद्धको लडाइँमा साथ रहने आश्वासन दिएको छ ।