जापानमा आयोजना हुने रोधी साँझको तयारी पूरा

जापानमा आयोजना हुने रोधी साँझको तयारी पूरा


  • टोकियो प्रतिनिधि

तमु धीं जापानको आयोजनामा हुने २४औँ रोधी साँझको लागि मङ्गोलियन हर्टका चर्चित पप तथा सेलो गायक राजु लामा जापान आइपुेका छन् ।

बुधबार जापान आइपुगेका गायक लामालाई तमु धीं जापानका पदधिकारीहरुले विमानस्थलमा न्यानो स्वागत गरे ।

त्यसलगत्तै साँझ पत्रकार सम्मेलन गरि आयोजकले कार्यक्रमबारे जानकारी गराउनुका साथै रोधी साँझको सबै तयारी पूरा भएको बताए ।

आगामी आइतबार (अगष्ट २१) टोकियोको सिन्जुकुमा आयोजना हुने रोधी साँझको तयारी पूरा भएको संयोजक चित्र गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

आइतबार हुन गइरहेको २४औ रोधी साँझ २०२२ कार्यक्रमबारे जापानवासी नेपालीहरुलाई जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्न लागिरहेको आयोजक संस्था तमु धीका अध्यक्ष रमेश कुमार गुरुङले जानकारी दिए ।

स्थापना भएको करिव तीन दशकको यात्रा तय गरिसकेका गुरुङ समुदायको साझा संस्था तमु धीं जापान जापानमा एक पूरानो संस्था पनि हो । कोरोनाको महामारीपछि जुटेको यो समय साँस्कृतिक पर्व रोधी साँझ २०२२ आयोजनाले भेट नभएका इष्टामित्र, नातागोता, साथीभाइको जमघट फेरि हुने निश्चित छ ।

कार्यक्रममा नेपाली पप गीतका चर्चित गायक राजु लामाको विशेष प्रस्तुतिको साथमा जापानमा लोकप्रिय “द मर्करी व्याण्ड” को पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

रोधीं साँझबाट उठेको आम्दानीबाट बचेको रकम गण्डकी प्रदेश पोखरा महानगरपालिका ११ काँहुमा निर्माणाधीन धर्मकाया बुद्धमण्डला पोखरालाई सहयोग गरिने संस्थाका संरक्षक अमृत गुरुङले जानकारी दिए ।

साथै २४औँ रोधी साँझमा उपस्थित भएर मनोरञ्जन लिन तथा आपसी सद्भाव र भाइचारा कायम राख्न आयोजकले सबै जापानवासी नेपालीहरुलाई अनुरोध समेत गरेको छ ।