‘बटरफ्लाइ डिजाइनर’ मोरीको निधन

‘बटरफ्लाइ डिजाइनर’ मोरीको निधन


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

बटरफ्लाइ डिजाइनका लागि परिचित जापानकी एक अग्रणी एवम् विश्वविख्यात फेसन डिजाइनर मोरी हानाएको यही महिनाको ११ तारिख निधन भएको छ । उनि ९६ वर्षकी थिइन् ।

सन् १९२६ मा शिमाने प्रिफेक्चरमा जन्मिएकी मोरीले सन् १९५१ मा टोकियोको शिन्जुकुमा स्टुडियो स्थापना गरेर डिजाइनरको रूपमा आफ्नो पहिलो कदम चालेकी थिइन् । उनले जापानी चलचित्रहरूको लागि धेरै पोशाकहरू डिजाइनरको रुपमा काम गरेकी थिइन् ।

सन १९६५ मा न्यूयोर्कमा प्रस्तुत गरिएको उनको पहिलो संग्रहले उनलाई “इस्ट मिट्स वेस्ट” भनेर चिनिन थाल्यो र अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरिन् । त्यसपछि उनी पेरिस एक उच्चस्तरिय कस्टम मेड कपडा संघको सदस्यका रुपमा जापानलाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय रूपमा सक्रिय फेसन डिजाइनरको रुपमा परिचित बनिन् ।

सम १९८६मा उनी केइजाइ दोयोकाइको पहिलो महिला सदस्य बनिन् र, महिलाहरुको सामाजिक विकासको प्रतीकको रूपमा चर्चाको विषय बनिन् । त्यस्तै सन् १९९२ मा उनले बार्सिलोना ओलम्पिकका लागि जापानी टोलीको आधिकारिक पोसाक डिजाइन गरिन् ।

पछि सन् १९९६ मा अर्डर अफ कल्चर प्राप्त गरिन् । उनले आफ्नो कर्मसँगै एकपछि अर्को सफलता र सम्मानहरु प्राप्त गर्दै गइन् । सन १९८९ र २००२ मा फ्रान्सेली सरकारबाट पनि उनले उच्चस्तरिय सम्मा प्राप्त गरेकी थिइन् ।

मोरी सन् २००४ पेरिस संग्रहपछि सेवानिवृत्त भइन् त्यसपश्चात उनले युवा डिजाइनरहरुलाई प्रशिक्षण दिने लगायतका कामहरुमा समय व्यतित गर्दै आएकी थिइन् । उनका आफन्तहरुले जानकारी गराएअनुसार ९६ वर्षको उमेरमा उनको निधन भएको हो ।