अष्ट्रेलिया र न्यूजल्याण्डमा दुई नम्बरी एकसाथ लाग्ने

अष्ट्रेलिया र न्यूजल्याण्डमा दुई नम्बरी एकसाथ लाग्ने


  • राजन घिमिरे, सिड्नी

चलचित्र दुई नम्बरी अष्ट्रेलिया र न्यूजल्याण्डमा प्रदर्शन हुने भएको छ । यो चलचित्रको अष्ट्रेलिया प्रदर्शन अधिकार नमस्ते इन्टरटेनमेन्टले किनेको हो । ‘चलचित्र दुई नम्बरीलाई हामी नेपालसँगै अष्ट्रेलियाका विभिन्न शहर र न्यूजल्याण्डमा पनि एकैसाथ प्रदर्शन गर्ने तयारीमा लागेका छौँ’- नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले जानकारी दिए ।

अष्ट्रेलियामा अभिनेता दयाहाङ राईको राम्रो क्रेज रहेको छ । त्यसमाथि दयाहाङसंगै सौगात मल्लको पनि दह्रो उपस्थिति रहेको चलचित्र दुई नम्बरीले अष्ट्रेलिया र न्यूजल्याण्डमा रहनुहुने प्रवासी नेपालीको मन जित्ने दाबी कार्कीले गरेका छन् ।

दीपेन्द्र लामाको निर्देशन रहेको यो चलचित्रलाई किरण नेपालीले बनाएका हुन् । अष्ट्रेलिया र न्यूजल्याण्डमा एक साथ प्रदर्शनमा आउने चलचित्रमा दया र सौगातसँगै बुद्धि तामाङ र उपासनासिंह ठकुरीको मुख्य भूमिका रहेको छ ।