छुरा प्रहार गरिएका रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालियो

छुरा प्रहार गरिएका रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालियो


गत शुक्रबार अमेरिकाको न्युयोर्क राज्यमा छुरा प्रहारमा परेका प्रख्यात लेखक सलमान रुस्दीलाइ भेन्टिलेटरबाट बाहिर निकालिएको छ । उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको रुस्दीका एजेन्ट एन्ड्रयू वाइलीले पुष्टि गरेका छन् । त्यस्तै उनी बोल्न सक्ने अवस्थामा रहेको पनि अमेरिकी सञ्चारमाध्यम वासिंगटन पोस्टले जनाएको छ । ७५ वर्षीय रुस्दीको अवस्था गम्भीर रहेको ठानिए पनि उनको स्वास्थ्यबारे थप विवरण दिइएको छैन ।

यसैबीच चर्चित उपन्यासकार रुस्दीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई हत्या प्रयासको अभियोग लगाइएको छ । आरोपित हाडी मटरलाई हत्या प्रयासको अभियोग लगाइएको न्युयोर्क राज्यको चौताउवा काउन्टीका अभियोजकले बताएका छन् । यसअघि हाडी मटरले न्युयोर्कको एक अदालतमा आफू दोषी नभएको दाबी गरेका थिए । ज्यान मार्ने प्रयास र कुटपिट गरेको अभियोगमा मटरलाइ शुक्रबार अदालतमा उपस्थित गराइएको थियो ।

मटरलाई एक कार्यक्रममा मञ्चमा दौडिएर रुस्दी र एक अन्तर्वार्ताकारलाई आक्रमण गरेको आरोप लगाइएको छ । भारतीय मूलका ब्रिटश अमेरिकी रुस्दीको उपन्यास द सेटनिक भर्सेसले कुरानको निन्दा गरेको मुस्लिम समुदायले आरोप लगाउँदै आएका छन् ।