राहुल र प्रियङ्का कोरोनासंक्रमित भएपछि सोनिया गान्धी फेरि सङ्क्रमित

राहुल र प्रियङ्का कोरोनासंक्रमित भएपछि सोनिया गान्धी फेरि सङ्क्रमित


भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि सङ्क्रमित भएकी छन् । यसअघि गत जुन २ मा कोरोना भाइरसबाट सङ्क्रमित उनी अहिले दोस्रोपटक सङ्क्रमित भएकी हुन् ।

नेतृ गान्धीमा सङ्क्रमण रहेको शनिबार पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् । उनलाई कुनै ठूलो स्वास्थ्य समस्या भने नरहेको बताइएको छ ।

उनी अहिले कोरोना भाइरस नियन्त्रणसम्बन्धी नियमअनुसार घरमा छुट्टै बसेको कांग्रेस नेता जयराम रमेशले जानकारी दिएका छन् ।

उनलाई परिवारभित्रैबाट भाइरस सरेको अनुमान गरिएको छ । उनकी छोरी तथा पार्टीकी महासचिव प्रियङ्का गान्धी भद्रालाई सङ्क्रमण भएको गत बुधबार पुष्टि गरिएको एएनआईले जनाएको छ ।

सोनियाका छोरा तथा पार्टीका पूर्वअध्यक्ष राहुल गान्धी पनि बिरामी भएका छन् । उनी सहभागी हुने तय गरिएका कतिपय कार्यक्रम पनि स्थगित गरिएका छन् ।

भारतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ ।