इरानले बोल्टनको हत्या गर्ने षडयन्त्र रचेको अमेरिकाको आरोप

इरानले बोल्टनको हत्या गर्ने षडयन्त्र रचेको अमेरिकाको आरोप


अमेरिकी न्याय मन्त्रालयले ह्वाइट हाउसका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको हत्या योजना गर्ने इरानी षड्यन्त्रको पर्दाफास गरेको इस्लामिक रिभोलुसनरी गार्ड कोर्पस्का एक सदस्यविरुद्ध आरोप लगाएको छ ।

न्याय मन्त्रालयले मेहदी रेजायीसमेत भनिने ४५ वर्षीय शाहराम पोरसाफीले संयुक्त राष्ट्रका लागि पूर्वअमेरिकी राजदूतसमेत रहेका बोल्टनको हत्या गर्न संयुक्त राज्य अमेरिकामा एक व्यक्तिलाई ३ लाख डलर तिर्न प्रस्ताव गरेको दाबी गरेको छ ।

सन् २०२० को जनवरीमा इराकमा शीर्ष गार्ड कमाण्डर कासिम सुलेमानीको अमेरिकी हत्याको बदलाा उक्त षडयन्त्र रचिएको मन्त्रालयले जनाएको छ ।