सिड्नीमा अगष्ट १३ मा भब्य तीज कार्यक्रम हुँदै

सिड्नीमा अगष्ट १३ मा भब्य तीज कार्यक्रम हुँदै


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

नेपाली महिला दिदीबहिनीहरूको महान चाड तिज नजिकिँदै छ । के देश के परदेश, यसको रौनकताले सबैलाई छोएको छ । यसैक्रममा अष्ट्रेलियामा रहनुहुने नेपाली महिलाहरू पनि तिजलाई सांगितिक बनाउंन लागिपरेका छन् ।

नेपालबाट निमन्त्रणा गरिएका र अष्ट्रेलियामा रहनुहुने कलाकारहरूलाई एकै थलोमा जमघट गराएर सिड्नीमा अगस्ट १३ शनिबारका दिन तीजसम्बन्धी भब्य कार्यक्रमको आयोजना हुने भएको छ । दिदीबहिनी तीज साँझ नाम दिइएको यो कार्यक्रमलाई कंगारू ऐजुकेशन फाउण्डेसनले प्रस्तुत गरेको छ भने एसोसियटको रूपमा पोखरा समाज अष्ट्रेलिया रहेको छ ।

कार्यक्रम सिड्नीको रगडेलमा रहेको झरना फङ्सन सेन्टरमा आयोजना हुँदेछ भने कोरोना कहरपछि हुन लागेको यो जमघट र चाड भब्य र सभ्य हुने बताइएको छ । कार्यक्रम संयोजक तथा गायिका बिन्दु पौडेलले सिड्नीमा रहनुहुने सबैलाई सार्वजनिक निमन्त्रण दिएकी छन् ।

कार्यक्रममा रमेशराज भट्टराई, एलिना चौहान, बिन्दु पौडेल, रोशन रेग्मी, निशा केसी, विजय केसी, प्रेजु न्यौपाने, आभृति भुषाल, दिपीका जम्मरकट्टेल र साथमा डिजे नटकेशको विभिन्न प्रस्तुति समेटिने भएका छन् ।