एनआरएनए बेल्जियमद्वारा नेतृत्व विकास तथा भाषण कलासम्बन्धी तालिम

एनआरएनए बेल्जियमद्वारा नेतृत्व विकास तथा भाषण कलासम्बन्धी तालिम


  • रमेश कँडेल, बेल्जियम

गैरआवासीय नेपाली संघ बेल्जियमले बेल्जियममा रहेका सामाजिक संघसंस्थाहरूको क्षमता विकास गरी सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले एकदिवसीय नेतृत्व विकास तथा सार्वजनिक भाषण कलासम्बन्धी तालिम आयोजना गरेको छ ।

आइतबार आयोजित तालिमको उद्घाटन गर्दै संघका अध्यक्ष खड्कबहादुर केसीले बेल्जियममा रहेका संघसंस्थाहरूको आवश्यकतालाई मध्यनज़र गरेर आफूहरूले तालिम आयोजना गरेको जानकारी दिँदै तालिमले संघसंस्थाहरूलाई आगामी दिनमा सफल र सक्रिय नेतृत्व प्रदान गर्न थप सहयोग पुग्ने बताउनुभयो ।

नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष यामु निरौलाले यो तालीम संघसंस्थाहरूलाई ऊर्जाशील बनाऊन अत्यन्त महत्वपूर्ण भएकोले समयानुकुल तालिम आयोजना गरेको खुसी ब्यक्त गर्नुभयो । अध्यक्ष निरौलाले एनआरएनएले संघसंस्थाहरूको सीप र क्षमता विकास ग़र्न निरन्तर हातेमालो गर्नुपर्ने सुझाव दिनुभयो।

कास्की समाजका अध्यक्ष डिल्ली भण्डारीले अहिले संघसंस्थाहरूको मुख्य चुनौती नेतृत्वमै भएकोले तालिमले यो विषयलाई पूरा गरेकोमा सन्तोष ब्यक्त गर्नुभयो ।

संग्रिला समाजका अध्यक्ष नारायण अधिकारीले संस्थाहरूको क्षमता विकास समयको आवश्यकता भएकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो भने अन्तरर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले पनि तालिम अत्यन्त महत्वपूर्ण भएकोले यसलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।

यस्तै, प्रवासी नेपाली मञ्चका सचिव हरि भट्टराईले तालिम अकल्पनीय प्रकृतिको भएको र सबै संघसंस्थाहरूले तालिम लिएर संस्थागत विकासका लागि क्रियाशील हुनुपर्ने बताउनुभयो ।

उक्त तालिमका मुख्य प्रशिक्षक सनत आचार्यले तालिमका अनुभवहरू सुनाउँदै यस्तो तालिमम पृथक प्रकृतिको रहेको र संघसंस्थाहरूलाई नभइनहुने तर्क राख्नुभयो ।

प्रशिक्षक आचार्यले सफल नेतृत्व प्रदान गर्न नसकेकै कारण संघसंस्थाहरू गतिशील हुन नसकेको जिकिर गर्दै निरन्तर तालिम आवश्यक भएको धारणा राख्नुभयो ।

तालिममा नेपाली व्यवसायी संघ बेल्जियम, अन्तरर्राष्ट्रिय पर्वत समाज, प्रवासी नेपाली मञ्च, संग्रिला समाज, कास्की समाजलगायत विभिन्न संघसंस्थाका अध्यक्ष र प्रतिनिधिहरूको उपस्थिति थियो ।