आबे सिन्जोको हत्या भएको एक महिना पूरा

आबे सिन्जोको हत्या भएको एक महिना पूरा


  • विशेष प्रतिनिधि, जापान

जापानका पूर्वप्रधानमन्त्री आबे सिन्जोको पश्चिमी शहर नारामा चुनावी प्रचारका लागि भाषण दिने क्रममा गोली हानी हत्या भएको एक महिना पूरा भएको छ ।

घटनास्थलबाट बरामद गरिएको हातले बनाएको बन्दुक र संदिग्ध गोली प्रहार गर्नेको घरमा भेटिएका अन्य बन्दुकको संरचना प्रहरीले जाँच गर्ने अनुसन्धान स्रोतले जनाएको एनएचकेले लेखेको छ ।

गोली हान्ने नारा सिटीनिवासी ४१ वर्षीय बेरोजगार यामागामी तेत्सुयालाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो ।

संदिग्ध व्यक्तिलाई आपराधिक रूपमा दोषी ठहराउन सकिन्छ कि भनेर स्थापित गर्नको लागि हाल मनोवैज्ञानिक मूल्याङ्कन भइरहेको छ।

प्रहरीले गोलीबारीमा प्रयोग भएको करिव ४० सेन्टिमिटर लामो र करिव २० सेन्टिमिटर अग्लो हातले बनाएको बन्दुक बरामद गरेको जनाएको छ । उनीहरूले संदिग्धको घरबाट समान संरचना भएका कम्तीमा पाँचवटा घरेलु बन्दुक पनि नियन्त्रणमा लिएको बताएका छन्।

अन्वेषकहरूले यामागामीलाई उद्धृत गर्दै भनेका छन् कि उनले दुई वटा स्टिल पाइपहरू ट्याप गरेर बन्दुक बनाएका थिए र थप बन्दुकहरू पनि तयार पारेका थिए ।