अष्ट्रेलियाको एनएडीएफ अध्यक्षमा भीष्म भण्डारी, कांग्रेस केन्द्रिय नेताहरूको शुभकामना

अष्ट्रेलियाको एनएडीएफ अध्यक्षमा भीष्म भण्डारी, कांग्रेस केन्द्रिय नेताहरूको शुभकामना


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

अष्ट्रेलियामा रहेका प्रजातन्त्रवादीहरूको साझा चौतारीको रूपमा परिचित संस्था नेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिएफ)को अधिवेशनले भीष्म भण्डारीको अध्यक्षतामा आगामी कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा छवी सापकोटा, महासचिवमा प्रकाश हुमागाईंं, सचिवमा हरिकृष्ण अधिकारी कोषाध्यक्ष विकास सापकोटा, प्रबक्तामा हरिभक्त अधिकारी, पब्लिक अफिसरमा प्रकाश खरेल चयन भएका छन् । यस्तै, संस्थाका कार्यकारी सदस्यहरुमा मधुकर गुरुङ्ग, सागर काफ्ले, प्रेमबहादुर महरा, विकाशकुमार झा, चोलाकान्त कोइराला, गणेश खरेल (एसीटी), प्रकाश अर्याल (भिक्टोरिया), प्रवेश पौडेल, जीवन शर्मा, पुरुषोत्तम अधिकारी, लोकेन बिष्ट र द्वारिका दवाडी रहेका छन् ।

एनएडीएफको यही अधिवेशनका लागि अष्ट्रेलिया आइपुगेका नेपाली कांग्रेस केन्द्रिय उपसभापति धनराज गुरूङ, सहमहामन्त्री बद्री पाण्डे, वरिष्ठ नेता डा. चन्द्र भण्डारी, केन्द्रिय सदस्य कल्याण गुरुङ, प्रदेश १ का सभापति उद्धव थापा, वरिष्ठ पत्रकार कविर राणा, युवा नेताहरू निर्मल रिजाल र आसामान सम्पदले वर्तमान कार्यसमितिलाई बधाई तथा नवनिर्वाचित कार्यसमितिलाई शुभकामना प्रदान गरेका थिए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका तर्फबाट महेन्द्र लम्सालले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।