प्रचण्डद्वारा नेपालमा भ्रष्टाचार अन्त्य हुने जिकिर !

प्रचण्डद्वारा नेपालमा भ्रष्टाचार अन्त्य हुने जिकिर !


  • विशेष प्रतिनिधि, जापान

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले जापानमा रहेका नेपालीको समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

टोकियोमा ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्ति प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले जापानमा नेपाली दूतावासको भवन र कर्मचारी समस्या समाधानको लागि नेपाल फर्कनेबित्तिकै प्रधानमन्त्री, अर्थमन्त्री र सरोकारवालासँग छलफल गरेर त्यसको समाधानको लागि पहल गर्ने बताए ।

कार्यक्रममा सम्बोधन क्रममै उनले नेपालमा इमानन्दार राजनीतिकर्मी र कर्मचारी भए सुशासन सम्भव हुने धारणा राख्दै अब भ्रष्टाचार अन्त्य हुने जिकिर गरे ।

प्रमुख अतिथि प्रचण्डलाई बनाएर नेपाली जनप्रगतिशिल मन्च जापानको आयोजनामा भएको अन्तरक्रियाको सभापतित्व मञ्चका अध्यक्ष भवानी पन्तले र कार्यक्रम सञ्चालन महासचिव बाबुराम पौडेलले गरेका थिए ।

कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघका अभियन्ताहरु, संघसंस्थाका प्रतिनिधिलगायत नेपालीहरुको सहभागिता रहेको थियो।

प्रचण्ड साउन २१ देखि २५ गते अर्थात् अगस्ट ६ देखि १० तारिखसम्मको जापान भ्रमणका लागि शनिबार जापान आइपुगेका हुन् । शनिबार उनले नेपाल फेष्टिवल फकुओका २०२२ को उद्घाटन गर्नुका साथै शनिबार साँझ ओसाकामा नेपाली जनप्रगतिशील मंच कान्साइ क्षेत्रीय समितिले आयोजना गरेको भेटघाट तथा डिनर कार्यक्रममा सहभागी भएका थिए । उनले आइतबार बिहान हिरोशिमाको एतिहासिक संग्रहालयमा पुगी त्यस क्षेत्रको अवलोकन गरेका थिए ।