स्टुडेण्ट भाइसद्वारा सिड्नीमा विद्यार्थीको जमघट

स्टुडेण्ट भाइसद्वारा सिड्नीमा विद्यार्थीको जमघट


  • राजन घिमिरे

उच्च शिक्षा प्राप्त गर्ने उद्देश्यले अष्ट्रेलिया प्रवेश गर्न चाहने नेपाली विद्यार्थीको संख्या पछिल्लो समय बढ्न थालको छ । यसरी प्रवेश गरेका विद्यार्थीहरूको मनोबल उच्च तुल्याउँदै उनिहरूलाई विदेशको पढाइका लागि प्रेरणा र हौसला प्रदान गर्ने मामिलामा अगाडि रहेको शैक्षिक परामर्शदाता हो, स्टुडेण्ट भाइस ।

‘स्टुडेण्ट भाइस एउटा कन्सल्टेन्सी मात्र होइन, योमार्फत अष्ट्रेलिया आउँदा हामीले यहाँबाट अभिभावकत्व पाएका छौँ । हामीलाई सधै उर्जा दिने यो संस्थाको मौलिक विशेषता हामीलाई मन पऱ्यो‘- शनिबार संस्थाले सिड्नीमा आयोजना गरेको विद्यार्थी भेटघाट कार्यक्रममा विद्यार्थीहरूले आफ्नो अनुभव सुनाए ।

विद्यार्थीहरूको यो अनुभवलाई समर्थन गर्दै एप्सले र अष्ट्रल स्किल इनेष्टिच्यूट अफ अष्ट्रेलियाकी मार्केटिङ मेनेजर स्वस्तिका बिष्टले कलेजको तर्फबाट स्टुडेण्ट भाइसले विद्यार्थीहरूमा पारेको सकारात्मक प्रभावको बारेमा चर्चा गरेकी थिइन् । राम्रो ऐजुकेसन कन्सल्टेन्सीसँग जोडिन पाएकोमा आफूहरु खुशी रहेको उनको भनाइ थियो ।

विद्यार्थी भेटघाट कार्यक्रमको सन्चालन संस्थाका इन्टरनेशनल एजुकेशन अफिसर रन्जित घिमिरेले गरेका थिए भने संस्थाका अपरेसन म्यानेजर सुमित खनाल, पूवअध्यापक इएन इस्टीभेन्स, संस्थाकी प्रवन्ध निर्देशक सुनिता श्रेष्ठ र लुम्बिनी एफसी कोच दिल खड्का लगायतले संस्थाले नेपाली विद्यार्थीहरूका लागि निर्वाह गरेको सकारात्मक भूमिकाको खुलेर चर्चा गर्दै प्रशंसा गरेका थिए ।

अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई साथ र समर्थन गर्दै आएको स्टुडेण्ट भाइसले आयोजना गरेको यस्तो कार्यक्रम साँच्चै नै फलदायी हुने विश्वास गरिएको छ ।’एकआपसमा परिचय नभएका नेपाली विद्यार्थीहरूलाई नजिक बनाएर भाइचाराको सम्बन्ध बनाउनु पनि जमघटको उद्देश्य रहेको कुरा संस्थाका निर्देशक बद्री बरूवालले बताए । ‘परदेश आएका नेपाली विद्यार्थी-विद्यार्थीबीच भाइचारा बढाएर एकअर्कोले जानेको र सिकेको सिपबीच छलफल होस् र एकले अर्कोलाई चिन्ने कोशिश गरून् भन्ने पनि यो कार्यक्रमको उद्देश्य हो’- बरूवालले भने ।

विगतमा पनि संस्थाले नेपाली विद्यार्थीहरूको मनोबल बढाउने, ज्ञान अभिवृद्धि गर्ने र शैक्षिक क्षमता उकास्ने खालको कार्यक्रम गर्दै आएको जानकारी दिँदै उनले भने- ‘आगामी दिनमा हामी नेपाली विद्यार्थीहरूका लागि हुने फलदायी र ज्ञानमूलक कार्यक्रमहरू लिएर चाँडै आउँदै छौँ ।’