सिन्जो आबेलाई भेट्न नपाएकोमा प्रचण्डको दुःखेसो

सिन्जो आबेलाई भेट्न नपाएकोमा प्रचण्डको दुःखेसो


  • विशेष प्रतिनिधि, जापान

जनप्रगतीशील मञ्च जापानले आयोजना गरेको कार्यक्रममा भाग लिन जापान आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई भेट्ने धोको पूरा नभएको दुःखेसो गरेका छन् ।

नारिता अन्तरर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग पटक पटक कुरा भएको र उनी नेपालप्रति अति नै सकारात्मक रहेको भन्दै जापान आउँदा पनि उनलाई भेट्ने धोको पूरा हुने अवस्था नरहेको भन्दै दुःखेसो गरेका हुन् ।

पूर्वप्रधानमन्त्री सिन्जो आबेको केही साताअघि गोली प्रहार गरी हत्या गरिएको थियो ।

‘मलाई जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे सँग भेट्ने धोको थियो , तर दुःखद् घटना घट्यो जो जापानमा बिरलै घट्ने घटना हो’, प्रचण्डले भने । आफू जापान आउन पहिलेदेखि नै इच्छुक रहेको बताउँदै उनले समयमै आफ्नो इच्छा पूरा नहुँदा आबेलाइ समेत भेट्न नपाएको धारणा राखे ।