भारतमा आज उपराष्ट्रपति निर्वाचन

भारतमा आज उपराष्ट्रपति निर्वाचन


भारतमा आज उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । साँझपछि नतिजा आउने सम्भावना छ ।

सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् ।

बंगालको पूर्वगभर्नरको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन् ।