२७ श्रावण २०७९, शुक्रबार

अमेरिकामा जनस्वास्थ्य सङ्कट घोषणा

  प्रकाशित मिति
२० श्रावण २०७९, शुक्रबार ०७:५२


मङ्कीपक्सका सङ्क्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो । यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो ।

उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको अवस्था दिन प्रतिदिन बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी समस्याका रुपमा घोषणा गरेको एक हप्तापछि अमेरिकाले पनि आफ्नो देशमा जनस्वास्थ्य सङ्कटकाल घोषणा गरेको हो ।

अमेरिकामा बिहीबारसम्ममा छ हजार ६०० जनामा यो सङ्क्रमण देखिएको बताइएको थियो । सो पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विश्वमा हाल देखा परेको मङ्कीपक्सको सङ्क्रमणमध्ये अमेरिकामा मात्र २५ प्रतिशत पाइएको हो ।

विश्वका कैयौँ देशमा मङ्कीपक्सको सङ्क्रमण देखिएको छ । विश्वमा हाल २५ हजार ८०० जनामा यो सङ्क्रमण पाइएको बताइएको छ ।अहिले पनि विश्वका कतिपय देशहरुमा यसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएका समाचारहरु आइरहेका छन् । अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया र इलिनोइसमा यो सङ्क्रमणका बढी सङ्क्रमितहरु पाइएका बताइएको छ ।


27
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नाइजेरियाली सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारीविरुद्ध गरेको कारबाहीमा कम्तीमा पनि २९ जनाको मारिएका छन् भने ५५ जनालाई नियन्त्रणमा लिएको छ

सिन्सिनाटीस्थित सङ्घीय अनुसन्धान ब्युरो (एफबिआई)को कार्यालयमा प्रवेश गर्न खोज्ने एकजना हतियारधारीको कानुन कार्यान्वयन निकायका अधिकारीहरूसँगको झडमा मृत्यु भएको छ ।

प्रकाश पाक्साँवा, तेह्रथुम जनैपूर्णिमा तेह्रथुमको छथर गाउँपालिकाका धामीझाँक्रीहरूको लागि महान् पर्व हो । उनीहरू नाग पञ्चमीदेखि धामी घरघरमा थान लगाएर

ट्रिटन इन्टरनेसनल कलेजले टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । ट्रिटनले फाइनलमा मणिमुकुन्दलाई १ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ