२७ श्रावण २०७९, शुक्रबार

अलकायदाका नेता मारिएको बारेमा तालिबान ‘बेखबर’

  प्रकाशित मिति
१९ श्रावण २०७९, बिहीबार ०७:३४


तालिबानले काबुलमा अमेरिकी ड्रोन हमलामा अल कायदा नेता अयमान अल–जवाहिरी मारिएको अमेरिकी ‘दाबी’ को छानबिन गरिरहेको जनाएको छ । जवाहिरी मारिएको भन्ने स्थानमा उनी भए/नभएको बारेमा समूहलाई केही थाहा नभएको तालिबान अधिकारीले बताएका छन् ।

‘दाबीबारे सरकार र नेतृत्वलाई केही थाहा छैन, न त कुनै संकेत नै छ’, दोहामा रहेको संयुक्त राष्ट्र संघका लागि तालिबान प्रतिनिधि सुहेल शाहिनले भनेका छन् ।

अमेरिकाले ड्रोन हमलामा जवाहिरी मारिएको जनाएको थियो । आइबार काबुलस्थित एउटा घरको बाल्कोनीमा लुकिरहेको अवस्थामा उनी ड्रोन हमलामा मारिएका थिए । उनको मृत्यु अलकायदाका लागि ठूलो झट्का बताइएको छ ।

उनको हत्याबारे अनुसन्धान भइरहेको उनले बताए । ‘दावीको सत्यता पत्ता लगाउन अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने । अनुसन्धानको नतिजा सार्वजनिक गरिने शाहिनले बताएका छन् ।


63
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खाडी मुलुक साउदीअरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५

विद्युतीय व्यापार (ई-कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ । आफ्नो आम्दानीमा ५०

प्रधनमन्त्री शेरबहादुर देउवाले श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा

चिया व्यवसायीले चियासँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । व्यवसायीले काठमाडौंमा पत्रकार सम्मेलन गरी इलाममा उत्पादन