अल कायदा नेता अयमान अल-जवाहिरी अमेरिकी कारबाहीमा मारिए

अल कायदा नेता अयमान अल-जवाहिरी अमेरिकी कारबाहीमा मारिए


अल कायदाका नेता अयमान अल-जवाहिरी अमेरिकी कारबाहीमा मारिएका छन् । अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा जवाहिरी मारिएका हुन् । उनी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।

देशका नाममा गरेको एउटा सम्बोधनमा राष्ट्रपति बाइडेनले अल कायदा नेता जवाहिरी मारिएको पुष्टि गरेका हुन् ।

इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए । उनी अमेरिकामा सेप्टेम्बर ११ को हमलाका मास्टरमाइन्ड रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावरमा भएका आत्मघाती हमलामा करिब ३ हजार जनाको ज्यान गएको थियो ।

सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि उनी फरार थिए र अलकायदालाई हाँक्दै आएका थिए । अमेरिकाले उनको टाउको ल्याउनेलाई २५ मिलियन डलर इनाम प्रदान गरिने घोषणा गरेको थियो ।