जापानमा हिट स्ट्रोकबाट बच्न सावधानी अपनाउन चेतावनी

जापानमा हिट स्ट्रोकबाट बच्न सावधानी अपनाउन चेतावनी


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

तोहोकुदेखि पश्चिमी जापानसम्मको ठूलो क्षेत्रमा आज (अगस्ट १ तारिख) पनि तापक्रम निरन्तर उच्च रहने मौसमी पुर्वानुमान गरिएको छ । जापान सागरको आसपास ३८ डिग्रीको उच्च खतर्नाक तापक्रम रहने अनुमान गरिएको छ । त्यसैले घरबाहिर हिंडडुलमा निस्किँदै हुनुहुन्छ भने हिट स्ट्रोकबाट बच्न भरपूर सावधानी अप्नाउनु जरुरी रहेको चेतावनी दिइएको छ।

यसका अलवा, पूर्वी चीन सागरमा टाइफुन र आर्द्र हावाको प्रभावले उत्तरतिर सर्ने भएकाले ठूलो क्षेत्रकोवायुमण्डलीय अवस्था अस्थिर हुन सक्छ । प्रभावस्वरुप कान्तो कोशिन क्षेत्रमा स्थानीय रूपमा धेरै भारी वर्षाकोजोखिम छ ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार हिजोजुलाई ३१ तारिखमा तोहोकुदेखि किन्कीसम्मको फराकिलो क्षेत्रमा तापक्रम बढेको थियो भने गुन्मा प्रिफेक्चरको इसेसाकी शहरमा दिउँसो अधिक तमतापक्रम ३८.६ डिग्री थियो ।

आज पनि जापानको अधिकांस स्थानहरुमा ३५ डिग्रीभन्दा माथिको तापक्रम कायम रहने हुँदा घरमै बस्दा या बाहिर हिँडडुल गर्दा उच्च सावधानी अप्नाउन सुझाइएको छ । पर्याप्त पानी पिउने, वातानुकूलित स्थानमा बस्ने, घाममा सकभर ननिस्किने, मानिसहरुको भिडभाडमा धेरै लामो समय नबस्ने लगायतका सावधानी अपनाउन स्वास्थ्यविज्ञहरुले सुझाव दिएका छन् ।