सुरक्षा कारबाहीमा परी पाकिस्तानमा ६आतङ्कवादी र एक सुरक्षाकर्मीको मृत्यु

सुरक्षा कारबाहीमा परी पाकिस्तानमा ६आतङ्कवादी र एक सुरक्षाकर्मीको मृत्यु


पाकिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा ६ आतङ्कवादीको मृत्यु भएको छ ।

देशको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तअन्तर्गत पर्ने केच जिल्लामा भएको घटनामा परी उनीहरूको मृत्यु भएको हो । सोही क्रममा एक सुरक्षाकर्मीको पनि मृत्यु भएको पाकिस्तानी सेनाले पुष्टि गरेको सिन्ह्वाले जनाएको छ ।

गोप्य सूचनाका आधारमा सुरक्षाकर्मीहरूले सुरक्षा कारबाही चलाउँदा उनीहरूको मृत्यु भएको जनाइएको छ ।

सुरक्षा फौजले विभिन्न ठाउँमा खोजी तथा कारबाही अभियानलाई तिव्रताका साथ अगाडि बढाएको छ ।

सुरक्षा कारबाहीका क्रममा आतङ्ककारीहरूले प्रयोग गरेका हातहतियार तथा युद्ध बन्दोबस्तीका सामग्रीहरू पनि बरामद गरिएको छ ।

आतङ्कवादीहरूले शान्ति सुरक्षामा दखल पुऱ्याएको र मानवीय तथा भौतिक क्षति पुऱ्याएको भन्दै सुरक्षाकर्मीहरूले सुरक्षा कारबाही तीव्र पारेका हुन् ।