जापानमा ५३ जना कोरोना संक्रमितहरुको मृत्यु

जापानमा ५३ जना कोरोना संक्रमितहरुको मृत्यु


  • जापान प्रतिनिधि

जापानमा एकैदिन १ लाख ५२ हजार ५ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५३ जना संक्रमितको मृत्यु भएको छ।

जापानमा एकैदिन १ लाख ५० हजार जनाभन्दा धेरैमा कोरोना संक्रमण भएको यो पहिलो पटक हो ।

जापानको टोकियो, ओसाका लगायतका विभिन्न ३० प्रिफेक्चरहरुमा हालसम्मकै उच्च संक्रमण देखिएको छ ।

जापानमा हालसम्म १ करोड ६ लाख ३ हजार ६ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३१ हजार ७ सय १५ जनाको निधन भएको छ भने ९६ लाख ६० हजार ५ सय ९१ जनाले स्वास्थ्य लाभ लिएका छन् ।

पछिल्लो केहीदिन यता अत्यन्तै तीव्र गतिमा बढेको कोरोना संक्रमण नियन्त्रणका लागि सरोकारवाला मन्त्रालय तथा विज्ञहरुबीच छलफल सुरु भएको छ । केही दिनअघि तत्काल मानिसहरुको दैनिकीमा कुनै रोक लगाउन जरुरी नभएको बताएको भएपनि अबचाहिँ प्रभावकारी रोकथाम उपायहरु कार्यान्वयन नभएमा थप भयाभव अवस्था उन्मुख हुने हो कि भन्ने आँकलन गर्न थालिएको छ ।