एउटा सर्पका कारण जापानका १० हजार घर विद्युतविहीन

एउटा सर्पका कारण जापानका १० हजार घर विद्युतविहीन


जापानका करिब १०,००० घरहरू विद्युतविहीन भएका छन् । विद्युतीय सबस्टेसनमा सर्प फसेपछि ठूलो संख्यामा मानिसहरू अन्धकारमा बस्न बाध्य भएका हुन् । सबस्टेसनमा फसेपछि सर्प जलेर मरेको थियो ।

न्युजविकले जनाएअनुसार जापानको फुकुसिमा प्रिफेक्चरका कोरियामा सहरका वासिन्दा केही दिनअघि लोडसेडिङको सामना गरेका थिए । सो दिन जापानमा अत्यधिक तापमान बढेको थियो । तोहोकु इलेक्ट्रिक पावर कम्पनीका अन्वेषकहरूले लोडसेडिङको कारण पत्ता लगाउन सफल भए । सवस्टेसनभित्र सर्पको अवशेष फेला परेका थियो ।

अनुसन्धानकर्ताहरूका अनुसार उनीहरूले घटनाबारे पत्ता लगाउँदा सर्प जलिरहेको थियो । सर्पलाई करेन्ट लागेको थियो । जसका कारण धुवाँको मुस्लो निस्किएको थियो । धुवाँ निस्केपछि ६ ओटा अग्निनियन्त्रक घटनास्थलमा पुगेका थिए ।

सुरक्षाका कारण तत्काल बत्ति बन्द भएको थियो । १० हजार घरले प्रयोग गरेको उक्त बत्ति पुनः आउन झन्डै एक घन्टा लागेको थियो । सर्पको समाचारले त्यहाँका बासिन्दाहरूमा पनि धेरै चासो जगाएको जापान टुडेले जनाएको छ । सर्पले शहरको बिजुली अस्तव्यस्त बनाउन कसरी सफल भयो भनेर धेरैले आश्चर्य व्यक्त गरेका थिए ।