नवलपरासी समाज जापानको टोकियोमा वनभोज

नवलपरासी समाज जापानको टोकियोमा वनभोज


  • जापान प्रतिनिधि

नवलपरासी समाज जापानको दोस्रो अधिवेशन तथा सामुहिक वनभोज कार्यक्रम जापानको टोकियोमा सम्पन्न भएको छ ।

समाजको दोस्रो अधिवेशन तथा सामुहिक वनभोज कार्यक्रममा समाजका अध्यक्ष गोपाल कँडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथि दोस्रो अधिवेशनका निर्वाचन संयोजक तथा समाजका सल्लाहकार यादव केसी रहेकाा थिए ।

कार्यक्रममा समाजका सचिव ॠषि पौडेलले स्वागत मन्तव्य दिनुका साथै संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष गोपाल कँडेले आफ्नो कार्यालय कालमा सहयोग गर्ने कार्यसमितीका सबैलाई अनी दोस्रो अधिवेशन तथा सामुहिक वनभोज कार्यक्रममा उपस्थित भएका सबैलाई धन्यवाद ब्यक्त गर्दै आफ्नो कार्यकालको कार्यसमिति विघटन भएको घोषणा गर्दै नयाँ बन्ने कार्यसमितिलाई शुभकामना ब्यक्त गरे ।

नयाँ कार्यसमिति निर्वाचन प्रक्रियामा निर्वाचन संंयोजक यादव केसीले निर्वाचनमा सम्पूर्ण उपस्थित भएका सदस्यहरुलाई उम्मेदवारी मनोनयन दर्ता गर्न अनुरोध गर्दै दर्ता गरेका सबै नयाँ कार्यसमिति निर्वाचित भएको घोषणा गरे ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा हरि सापकोटा, वरिष्ठ उपाध्यक्षमा वासु बस्ताकोटी, उपाध्यक्षमा दुर्गा सुवेदी, कमल काफ्ले, माहासचिवमा ॠषि पौडेल, कोषाध्यक्षमा सुनिल सापकोटा, सचिवमा माधवी खड्का, सह–सचिव श्याम कँडेल, सदस्यहरुमा नेत्र शर्मा, सुनिता कँडेल, नीतु आले, अमित कण्डेल निर्वाचित भएका छन् ।