अनेसासका अध्यक्ष बने गोबर्धन पुजा

अनेसासका अध्यक्ष बने गोबर्धन पुजा


  • डिल्ली अम्माइ ∕ बेल्जियम

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), केन्द्रीय कार्यसमिति २०२२ ∕२०२४ का लागि जुलाई ९ र १० तारिखमा सम्पन्न निर्वाचनमा साहित्यकार गोबर्धन पुजा अध्यक्ष चुनिएका छन् । उनले अध्यक्षका अर्का प्रत्यासी सुनिल संगमलाई धेरै नै मतान्तरले पराजित गरेका हुन् । अनेसास निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन परिणाम अनुशार गोबर्धन पुजाले खसेको मत संख्यामध्ये ८०३ मत पाएका थिए भने उपविजेता सुनिल संगमले ३०० मत प्राप्त गरेका थिए ।

त्यस्तै वरिष्ठ उपाध्यक्षको लागि लाल गोपाल सुवेदी र सर्वज्ञ वाग्लेबीच भएको प्रतिस्पर्धामा सर्बज्ञ वाग्लेले ५४० झिनो मतान्तरले (४ मतको अन्तरमा) अर्का प्रत्यासी लालगोपाल सुवेदीलाई पराजित गरे । सुवेदीले ५३६ मत ल्याएर समाजमा आफ्नो बलियो उपस्थितिलाई प्रमाणित गगरेको देखिन्छ ।

त्यस्तै, एसियाको क्षेत्रीय उपाध्यक्षबीचको चुनावी प्रतिस्पर्धामा डाक्टर रेणु सोलुले ५८७ मत ल्याएर शशी थापालाई पराजित गरिन् ।

तर, अनेसासको महासचिवको पदमा भने विमला निरौला, कृष्ण कुमारी गिरी र स्पन्दन विनोदबीच प्रतिस्पर्धा भएको थियो । तीनैजनाको प्रतिस्पर्धाबीच विमला निरौला ४६० मत ल्याएर विजयी बन्न सफल भइन् भने कृष्णकुमारी गिरी ३३९ मत ल्याएर उपविजेता बनिन् । त्यस्तै, स्पन्दन विनोदले ३०४ मत हासिल गरे ।

त्यसबाहेक, अधिकांश पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भइसकेकोले निर्वाचन परिणामसँगै कार्य समितिले पूर्णता पाएको छ । अफ्रिका बाहेक पूर्ण कार्य समितिमा अध्यक्ष गोबर्धन पुजा (अमेरिका), वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले (अमेरिका), क्षेत्रीय उपाध्यक्षहरुमा क्रमश: एसियाबाट रेणु सोलु (नेपाल), युरोपबाट सिता देवी बास्तोला बराल (डेनमार्क), ओसिआनियाबाट महेश्वर शर्मा (अष्ट्रेलिया), महासचिव विमला निरौला (अमेरिका), सचिव दिप पाठक (जापान) र कोषाध्यक्ष निजानन्द मल्ल (अमेरिका) रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा क्रमश सरिता अर्याल (नेपाल), सुदिपभद्र खनाल (अमेरिका), सुमित गिरी (जापान), तारा अधिकारी (अमेरिका) र यादव देवकोटा (पोर्तुगल) निर्विरोध निर्वाचित भएका हुन् । अफ्रिका क्षेत्रको उपाध्यक्षमा अहिलेसम्म कसैको उम्मेदवारी नपरेकोले खालि राखिएको निर्वाचन समितिले प्रकाशित गरेको सूचनामा देखिन्छ।