जापानमा कोरोना संक्रमण तीव्र

जापानमा कोरोना संक्रमण तीव्र


  • जापान प्रतिनिधि

जापानमा फेरि कोरोना संक्रमण तीव्रगतिमा बढ्न थालेको छ । आज मंगलबार जापानमा एकैदिन ७६ हजार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३ जनाको निधन भएको छ ।

जापानमा अघिल्लो महिनाको सुरुवात तिर देशभर संक्रमण संख्या १० हजारभन्दा कम भइसकेको थियो । फेरि एकाएक केही सातायता उच्च संक्रमण देखिन थालेको छ। केही सरोकारवाला निकायहरुले फेरि जापानमा कोरोनाको सातौँ लहर सुरु भएको विश्लेषण गरेका छन् ।

आज, जापानको राजधानी टोकियोमा ११ हजार ५ सय ११ जना, ओसाकामा ९ हजार ९ सय ६० जना, आईचीमा ६ हजार ८२ जना, खानागावामा ४ हजार ९ सय ९१ जना,फुकुओकामा ४ हजार २ सय ९५ जनाको उच्च संक्रमण सहित देशैभर केहि दिनयताकै उच्च संक्रमण देखिएको छ ।

जापानमा हालसम्म, ९८ लाख २३ हजार ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३१ हजार ४ सय ८३ जनाको मृत्यु भएको छ भने,९३ लाख ३३ हजार ६ सय २५ जनाले स्वास्थ्य लाभ लिएका छन् ।