पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्यष्टि

पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्यष्टि


  • टोकियो प्रतिनिधि

जापानका दिवंगत पूर्वप्रधानमन्त्री सिन्जो आबेको मंगलबार जापानिज रितरिवाजअनुसार अन्त्यष्टि गरिएको छ ।

टोकियोको ज्योउजोजी मन्दिर परिसरमा अन्त्यष्टि गरिएको हो ।

अन्त्यष्टि गर्नु भन्दा पहिला आबेको शवलाई सत्तारुड दलको कार्यलय, संसद् भवन तथा मन्त्रिपरिषदको कार्यालयहरुमा लगिएको थियो ।

मिनोतो वार्डमा रहेको ज्योउजोजी मन्दिर परिसरको चारैतिरको सडकमा जापानिज नागरिक सहित जापानमा बसोबास गर्ने विदेशी नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

अन्त्यष्टिमा जापानका राजनैतिक दलका नेताहरु, जापानका उच्च तहका कर्मचारीहरु, विदेशी पाहुनाहरु शोकसभामा उपस्थित जनाएका थिए ।

आबेको शब बोकेको गाडीको अघिल्लो सिटमा आबेका श्रीमतीले सबैको अभिवादनलाई स्विकार गरेकी थिइन, आबेको शवलाई प्रधानमन्त्री कार्यालय पुर्याउँदा जापानका प्रधानमन्त्री फुमियो किसिदासहितका मन्त्रीहरुले पूर्वप्रम आबेलाई धन्यवाद भन्दै श्रद्धान्जली ब्यक्त गरेका थिए ।

जापानको सबैभन्दा लामो कार्यकाल गरेका आबेको हत्या भएपछि देश विदेशमा पनि शोकसभा आयोजना गरिएको छ ।