फेरि बढ्दै संक्रमण : भारतमा एकै दिन १८ हजार कोभिड संक्रमित

फेरि बढ्दै संक्रमण : भारतमा एकै दिन १८ हजार कोभिड संक्रमित


भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ । पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, भारतमा पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ । कुल संक्रमितको शून्य दशमलब ३० प्रतिशत सक्रिय संक्रमित छन् । त्यसैगरी कोभिड निको दर ९८ दशमलब ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोभिड संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीब्रता दिँदै आएको छ ।

ज्ञातव्य छ, नेपालमा पनि पछिल्ला दिन कोभिड संक्रमण बिस्तारै बढिरहेको छ । आइतबार नेपालमा थप १२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको सूचनामा पछिल्लो २४ घण्टामा तीन हजार ४५ को नमूना परीक्षण गरिएकामा १२१ नयाँ सङ्क्रमित थपिएको जनाइएको छ ।

आरटी पिसिआर एक हजार ७०० जनाको गरिएको छ भने एन्टीजेन एक हजार ३४५ जनाको गरिएको छ ।