रुसी सेनाको हमलामा १५ युक्रेनीको मृत्यु

रुसी सेनाको हमलामा १५ युक्रेनीको मृत्यु


पूर्वी युक्रेनको चासिभ यार शहरमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा रुसी सेनाको रकेट हमलामा कम्तीमा १५ जना युक्रेनीको मृत्यु भएको छ । आक्रमणमा करिव २० जना भग्नावशेषमुनि पुरिएको अधिकारीहरूले बताएका छन् ।

पाँच जना पीडितलाई भग्नावशेषबाट जीवितै बाहिर निकालिएको युक्रेनी आपतकालीन सेवाका अधिकारीले दिएका छन् । पाँचतले भवनको एक छेउको भाग भत्किएर भग्नावशेषको पहाडमा परिणत भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

चासिभ यार दोनेत्स्क सहरमा क्रामाटोरस्क क्षेत्र नजिकै पर्छ । पछिल्ला समयमा रुसी सेनाले युक्रेनका एकपछि अर्को शहरलाई आक्रमण गरेका छन् ।