श्रीलङ्काका प्रधानमन्त्री विक्रेमसिङ्घेको निवासमा आगजनी

श्रीलङ्काका प्रधानमन्त्री विक्रेमसिङ्घेको निवासमा आगजनी


श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेको निवास प्रदर्शनकारीहरुले जलाइदिएका छन् । प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरुले प्रधानमन्त्री विक्रमसिङ्घेको निवासमा आगजनी गरेका हुन् ।

प्रदर्शनकारीलाई रोक्ने सुरक्षाकर्मीको प्रयास असफल भएको थियो ।

यसअघि शनिबार नै प्रधानमन्त्री विक्रमसिङ्घे राजीनामा दिन सहमत भएका थिए । राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोडसमेत गरेपछि उनले सर्वदलीय बैठकको अह्वान गरेकका थिए ।

प्रदर्शनकारीले देशका विभिन्न शहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो ।

राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा माग गरेका थिए ।

सर्वदलीय बैठकपछि प्रधानमन्त्री कार्यालयबाट जारी एक वक्तव्यमा विक्रमसिङ्घेले नयाँ सरकार गठनका लागि सबै दलले सहमति जनाउँदा पार्टी नेताहरूलाई राजीनामा दिने बताएका सिन्ह्वाले जनाएको छ ।

दशौँ हजार प्रदर्शनकारीहरूले प्रदर्शनका लागि लगाइएको प्रतिवन्ध तोडेर राष्ट्रपति गोटबाया राजपाक्षको निवास र कार्यालयमा प्रवेश गरी नाराबाजी गरेका थिए । उनीहरूले वर्तमान् नेतृत्वले श्रीलङ्काको आर्थिक, इन्धन तथा अन्य क्षेत्रमा देखिएको सङ्कटको समाधान दिन नसकेको भन्दै नाराबाजी गरेका थिए ।