अमरनाथमा आँधी र वर्षापछि १५ जनाको मृत्यु, ४० बेपत्ता

अमरनाथमा आँधी र वर्षापछि १५ जनाको मृत्यु, ४० बेपत्ता


भारत प्रशासित जम्मु कश्मीरको पवित्र मन्दिर अमरनाथनजिकै आएको आँधी र वर्षाका कारण १५ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् ।

वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार साढे पाँच बजे अकस्मात आँधी र वर्षा सुरु भएको थियो । घाइतेहरुलाई अस्पताल पुऱ्याउन सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।