बेलायतको प्रधानमन्त्री पदबाट बोरिस जोन्सनबाट राजीनामा

बेलायतको प्रधानमन्त्री पदबाट बोरिस जोन्सनबाट राजीनामा


लण्डन । आज बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो पदबाट राजीनामा दिएका छन् । कन्जर्भेटिभका ५९ जना पार्लियामेन्टका सदस्यहरुले राजीनामा दिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिन वाध्य भएका हुन् । १९८७ पछि कन्जेर्भेटिभ पार्टीले आम चुनावमा सबैभन्दा धेरै भोट ल्याउन सक्षम भएको थियो त्यसमा ठूलो भूमिका बोरिस जोन्सनको व्यक्तित्व अनि उनको राजनीतिक कार्यशैलीको रहेकोमा विपक्षहरु पनि सहमत छन् । सोही वर्ष अर्थात् २०१९देखि बेलायतको कन्जर्भेटिभ पार्टीको अध्यक्षता तथा कन्जर्भेटिभ पार्टीको वहुमतको सरकारको नेतृत्व गरेका जोन्सनले सन् २००८ देखि २०१६ सम्म सफल रुपमा लण्डनको मेयर बनेका थिए भने, टेरेजा मेईको प्रधानमन्त्रित्वमा सन् २०१६देखि २०१८ सम्म विदेश मन्त्री बनेका थिए । टेरेजा मेईले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पार्टीले उनलाई प्रधानमन्त्री चुनेको थियो ।

युनियनसँग सुधारिएको सम्वन्धलाई विद्यमान गराउन लागेका तत्कालीन प्रधानमन्त्री डेविड क्यामरुनलाई प्रतिपक्षमा पार्दै युनियनसँग अलग्गिने पक्षलाई नेतृत्व गरेका बोरिसको अभियानले अन्त्यमा ललगभग आधा शतकपछि बेलायतलाई युनियनसँग अलग गराउन सफल भएका बोरिसले ब्रेक्जिटपछिको अन्योल अवस्था, कोभिड १९को महामारी, चर्को मूल्यवृद्धि अनि युक्रेन युद्धको अनेकौं मुश्किलहरुको सामना गरेका प्रधानमन्त्री बोरिसलाई बेलायतको इतिहासको एक सफल प्रधानमन्त्रीको रुपमा गन्न थालिएकै समयमा प्रधानमन्त्री कार्यालयमा विभिन्न विवादहरु सतहिन थाले र त्यसको अन्त्यमा बोरिसले प्रधानमन्त्री पदबाटै राजीनामा दिन वाध्य भए ।

ब्रेक्जिटपछि बेलायतको अर्थतन्त्र धराशायी हुन्छ भनेर भविष्यवाणी गर्ने विज्ञहरुको विपरीत बेलायतमा तत्कालीन अर्थव्यवस्थामा व्यापक सुधार भएको थियो, बेरोजगारी घटेको थियो । कोरोना महामारीले अर्थतन्त्रलगायत बेलायती आम जनतालाई गम्भीर धक्का लाग्न सक्ने अवस्थामा पनि लगभग डेढ वर्ष लाखौं लाख जनतालाई घरमा राखी तलब दिलाएर राहत दिने, ध्वस्त हुन थालेको व्यवसायलाई बिना ब्याजी रिन दिएर टेवा दिनेदेखि लगायत संसारमा नै सफल रुपमा कोरोनाको नियन्त्रणबाट देशलाई मुक्ति दिन सक्ने मुलुक बनाउने जोन्सनल रसियाविरुद्ध युक्रेनलाई लड्नको लागि साथ दिने मुख्य देशमध्ये एक बनाएका छन् बेलायतलाई ।

ब्रेक्जिट, कोरोना, अफगानिस्तान, हंगकंग, युक्रेन युद्धलगायत विविध आन्तरिक व्यवधानहरुको प्रत्यक्ष सामना गर्नुपर्ने अवधि निक्कै उल्लेखनीय अवधि हो, त्यसको सफल नेतृत्व आफ्नो कार्यकालमा गर्ने स्पष्ट म्यान्डेट पाएका प्रधानमन्त्रीलाई कन्जर्भेटिभ पार्टीका गलत एमपीहरुका कृयाकलापहरु अनि आफ्ना कर्मचारीहरुको गलत शैलीले गर्दा एक उल्लेखनीय अनि सफल प्रधानमन्त्री भनाउनमा रोक लगाएको छ ।


आगामी अक्टोबरसम्ममा पार्टीले अर्को प्रधानमन्त्री नचुनुन्जेलसम्मका लागि प्रधानमन्त्री बोरिस जोन्सन एक केयरटेकर प्रधानमन्त्री रहनेछन् ।