२७ श्रावण २०७९, शुक्रबार

जेलबाट भाग्ने क्रममा कम्तीमा ४९ कैदीको मृत्यु

  प्रकाशित मिति
१५ असार २०७९, बुधबार ०४:५०


दक्षिणपश्चिम कोलम्बियाको एउटा जेलबाट भाग्ने प्रयासमा कम्तीमा ४९ कैदीको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन् । ‘अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ’,नेसनल पेनिटेन्सियरी एण्ड प्रिजन इन्स्टिच्युटका प्रवक्ताले भनेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए ।

आगो लागेपछि भाग्ने क्रममा क्रममा उक्त दुर्घटना भएको स्थानीय अधिकारीहरुको भनाइ उद्धृत गर्दै क्याराकोल रेडियोले जनाएको छ ।

विवरणअनुसार ४० जनाभन्दा बढी घाइते भएका छन् । निवर्तमान राष्ट्रपति इभान ड्यूकले ट्विट गर्दै मृतकका आफन्तजनप्रति सहानुभूति जनाएका छन् । जेलमा भएका घटनाहरूप्रति खेद व्यक्त गर्दछौँ’, उनले भनेका छन् ।

ल्याटिन अमेरिकामा घातक जेल दंगा बारम्बार हुने गरेका छन् । कोलम्बियाको छिमेकी इक्वेडरमा सन् २०२१ को सुरुदेखि भएका ६ वटा दंगामा झन्डै ४०० कैदी मारिएका छन् ।


45
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुरेशचन्द्र रिजाल (ज्योतिष तथा वास्तुविद्) यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइँदै छ । शास्त्रीय

विद्युतीय व्यापार (ई-कमर्स) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाको अवधिमा १० हजार कर्मचारी कटौती गरेको छ । आफ्नो आम्दानीमा ५०

गठबन्धनकारी दलहरूबीचको सिट बाँडफाँटमा प्रचण्ड-चाहनाविपरीत थोरै मात्र यताउता हुँदा पनि गठबन्धन नै धरापमा पर्न सक्ने र, हाल चर्चामा रहेको वाम-गठबन्धनको

नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका