सागर र सुनिललाई बाहिर राख्दै क्रिकेट टिम घोषणा

सागर र सुनिललाई बाहिर राख्दै क्रिकेट टिम घोषणा


नेपाल र क्यानडाबीच हुने खेलको तालिका परिवर्तन

नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडामा हुने श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक पुवुदु दासानायकेले युवा बलर सागर ढकाल र ब्याटर सुनिल धमलालाई बाहिर राख्दै टिम बनाएका हुन् । दुवै खेलाडी अमेरिका भ्रमणमा भने समावेश भएका थिए ।

पुवुदुले सागर र सुनिलको स्थानमा बसिर अहमद र पवन शर्राफलाई मौका दिएका छन् । क्यानडा भ्रमणपछि यो टिमले नै नामेविया र स्कटल्याण्डसम्मिलित त्रिदेशीय श्रृंखला खेल्नेछ ।

नेपाली टिम :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन शर्राफ, विनोद भण्डारी ।

यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडासँग खेल्ने तय भएको अभ्यास खेलको तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले क्यानडासँग दुई एकदिवसीय खेल खेल्नेछ भने एक वार्मअप खेल खेल्नेछ । भिसा प्रक्रियाको कारण खेल निर्धारित समयमा नहुने पक्का भएको हो ।

नेपाली टिम हालै अमेरिकाबाट एक दिवसीय श्रृंखला खेलेपछि स्कटल्याण्ड र नामेवियासँगको त्रिकोणात्मक श्रृंखला खेल्ने तयारीमा छ ।

जहाँ नेपालले क्यानडामा दुई एकदिवसीय र दुई टी-२० खेल्ने तय भएको थियो ।

नेपाली टिम १ जुलाईमा वान्टारियो क्रिकेट एकेडेमीसँग वार्मअप म्याच खेल्नेछ । त्यसपछि ४ र ५ जुलाईमा नेपालले क्यानडासँग दुई एकदिवसीय क्रिकेट खेल्नेछ ।

यसपछि नेपालले स्कटल्याण्ड र नामेवियासँग त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृंखला खेल्नेछ।