१५ असार २०७९, बुधबार

प्रभु इन्स्योरेन्सको बोनस सेयर डिम्याट खातामा जम्मा

  प्रकाशित मिति
१० असार २०७९, शुक्रबार ०७:३४


प्रभु इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले १६ चैतसम्म सेयर डिम्याट गराएकाहरूको बोनस सेयर खातामा पठाइदिएको हो । १६ चैतपछि डिम्याट गर्नेहरूको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरूले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । कम्पनीको गत ३० चैतमा सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लाग्यो । लगातार ओरालो लागेको नेप्से परिसूचक केही थामिएको जस्तो

बुढीगण्डकी जलविद्युत आयोजना बनाउन सरकारले कम्पनी खोल्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत

उत्तरी मकवानपुरमा रहेको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रमा २७ प्रतिशत विद्युत चुहावट भएको छ । नियमित रुपमा विद्युत् आपूर्ति

बारा प्रहरीले भन्सार छली गरी ल्याएको एक हजार २०० लिटर पाम तेल बरामद गरेको छ । तेल ल्याउन प्रयोग गरिएको