१५ असार २०७९, बुधबार

रुपर्ट मर्डोक र जेरी हलबीच सम्बन्धबिच्छेदको तयारी

  प्रकाशित मिति
९ असार २०७९, बिहीबार ०६:३७


मिडिया मुगल रुपर्ट मर्डोक र अभिनेत्री जेरी हलले सम्बन्धविच्छेदको तयारी गरेका छन् । यस विषयमा परिचित दुई व्यक्तिलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्सले उनीहरुको सम्बन्ध बिच्छेदको तयारी भएको जनाएको हो । मर्डोकले मार्च २०१६ मा सेन्ट्रल लन्डनमा हलसँग विवाह गरेका थिए । मर्डोकको यो चौथो पटक सम्बन्ध बिच्छेद हो ।

विवाहपछि आफूले संसारकै सबैभन्दा खुसी र भाग्यमानी अनुभूति गरेको उनले बताएका थिए ।

फक्स कर्पका अध्यक्ष ९१ वर्षीय मर्डोक र ६५ वर्षी जेरी पत्रिकामा बारम्बार चर्चामा थिए । सम्बन्धबिच्छेदले मर्डोकको स्वामित्वमा रहेको व्यवसायहरूको स्वामित्व संरचना परिवर्तन नगर्ने जनाइएको छ ।

मर्डोकसँगको विवाहमा जेरीले फिक्का नीलो रंगको भिभियन वेस्टवुड पोसाक लगाएकी थिइन् । सन् २०१९ सम्म रूपर्ट र जेरीले प्रायः रातो कार्पेट कार्यक्रमहरूमा सँगै भाग लिन्थे । द क्वाइट वनको ट्रिबेका फेस्टिभल प्रिमियर र भ्यानिटी फेयर्स ओस्कारमा उनीहरू सँगै देखिएका थिए ।

सन् २०२१ मा रूपर्ट र जेरीले आफ्नो ९०औं जन्मदिन न्यूयोर्क शहरमा एउटा पार्टीमा मनाएका थिए । फोर्ब्सका अनुसार मेडिया टाइकुन मर्डोकसँग १७ दशमलब ७ अर्ब डलर सम्पत्ति छ ।


99
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रविन्द्र यादव, नवलपरासी पश्चिम मनसुन सक्रिय भइरहेकै अवस्थामा नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं. ४ स्थित रामखण्ड खोलामा पानीको बहावलाई

राजन घिमिरे कलाकारितामार्फत आफ्नो पहिचान र उपस्थितिलाई बलियो बनाउँदै अगाडि बढेका अभिनेता हुन् राज कटुवाल । सिनेमाको नायक हुँदै चलचित्र

नेपाली रेफ्रीद्वय प्रज्वल क्षेत्री र किसन कन्हैया यादवले भारतमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्

रामेश्वर राउत मातृदास खेतको रोपो मनको धोको जीवनको जुहारपसिना झुल्छन् धानका बाला मंसिरको मुहारखोलाको पानी आँखाका नानी बाउसे, रोपारब्याडे र