१५ असार २०७९, बुधबार

मिस नेपाल नम्रता ‘मोडल हन्ट नेपाल’मा आवद्ध

  प्रकाशित मिति
९ असार २०७९, बिहीबार ०४:५४


पुर्व मिस नेपाल नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’मा आवद्ध भएकी छन् । उनी निर्णायकको रूपमा प्रतियोगितामा आवद्ध भएकी हुन् ।

आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले श्रेष्ठ प्रतियोगितामा आवद्ध भएको जानकारी दिए । श्रेष्ठ २०२० की मिस नेपाल विजेता हुन् ।

प्रतियोगिताको अहिले सातौँ संस्करण सुरु चलिरहेको छ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ७ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षणसमेत बढ्दो छ । ११ असार अर्थात् २५ जुनबाट सुरु हुने प्रतियोगिताको छनौट चरणको अडिसन ९ जुलाइसम्म चल्नेछ । अडिसनबाट छानिएका प्रतियोगीले मात्र फाइनलमा सहभागी हुन पाउने छन् ।

प्रतियोगिताको विजेताले शीर्ष उपाधिका साथमा नगद ५ लाखबराबर उपहारसहित १ देखि १५ सेब्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगीता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।


81
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रविन्द्र यादव, नवलपरासी पश्चिम मनसुन सक्रिय भइरहेकै अवस्थामा नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं. ४ स्थित रामखण्ड खोलामा पानीको बहावलाई

राजन घिमिरे कलाकारितामार्फत आफ्नो पहिचान र उपस्थितिलाई बलियो बनाउँदै अगाडि बढेका अभिनेता हुन् राज कटुवाल । सिनेमाको नायक हुँदै चलचित्र

नेपाली रेफ्रीद्वय प्रज्वल क्षेत्री र किसन कन्हैया यादवले भारतमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्

रामेश्वर राउत मातृदास खेतको रोपो मनको धोको जीवनको जुहारपसिना झुल्छन् धानका बाला मंसिरको मुहारखोलाको पानी आँखाका नानी बाउसे, रोपारब्याडे र