जापानमा फेरि एक नेपालीको निधन

जापानमा फेरि एक नेपालीको निधन


  • विशेष प्रतिनिधि, साइतामा (जापान)

जापानमा फेरि अर्का एक नेपालीको निधन भएको छ । परिवारसहित जापानको साइतामा प्रिफेक्चरको तोकोरोजावामा बस्दै आएका निलकन्ठ कँडेलको आइतबार बिहान हृदयघातका कारण मृत्यु भएको हो ।

श्रीमती र दुई छोरीहरुसहित जापानको साइतामा बस्दै आएका ४१ वर्षीय कँडेलको आइतबार बिहान घरमै बेहोस भएपछि निधन भएको बताइएको छ । कँडेलका १४ वर्षीय छोरा भने नेपालमा नै रहँदै आएका छन् ।

बाग्लुङ जिल्ला काठेखोला-६ बिहुँ हटिया ठेगाना भएका कँडेल कुकभिषामा विगत ९ वर्षदेखि जापानमा कार्यरत रहेका थिए ।

सम्बन्धित परिवारले दिएको जानकारी अनुसार आज (सोमबार) टोकियोको गोतान्दामा उनको अन्त्येष्टि गरिनेछ ।

जापानमा जुन महिनाको दोश्रो साता नबित्दै कँडेलसहित तीन नेपालीको निधन भइसकेको छ । मे महिनामा पनि ओसाका, नागोया र टोकियोमा गरि चार जना नेपालीको निधन भएको थियो ।