ग्याँस बुलेटको ठक्करबाट हेटौँडामा दुई जनाको मृत्यु

ग्याँस बुलेटको ठक्करबाट हेटौँडामा दुई जनाको मृत्यु


हेटौँडामा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौडा-९ पशुपतिनगरमा ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार एक गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ बारा तर्फबाट हेटौँडा आउँदै गरेको भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्याँस बुलेटले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका हेटौंडा-९ का ५५ वर्षीय इश्वर तामाङ र २६ वर्षीया अमिना तामाङको मृत्यु भएको हो । घटनामा घाइते भएका दुवैको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

उक्त बुलेटले रातोमाटेमा पनि कारलाई ठक्कर दिएर आएको थियो । तर, कारमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बुलेट र बुलेटचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।