आजको पञ्चाङ्ग एवम् राशिफल (२९ जेठ २०७९ आइतबार, १२ जुन २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ जेठ २०७९ आइतबार, १२ जुन २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ ज्येष्ठ २९ गते आइतबार तद्अनुसार सन् २०२२ जुन १२ तारिख ज्येष्ठ शुक्लपक्षको त्रयोदशी तिथि विशाखा नक्षत्र शिव योग जेल करण आनन्दादिमा उत्पात योग चन्द्रमा तुला राशिमा १६ः३८ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहला । काठमाण्डौमा सूर्योदय बिहान ५ः९ मा भयो र सूर्यास्त साँझ १८ः५८ मा हुनेछ । प्रदोष व्रत ।

आजको राशिफल

मेष – आजकोे दिन आशा उत्साह बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । यात्रामा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आज आफैले गरेको निर्णयका कारण तनाव आइपर्न सक्छ । कडा प्रायस गरे पनि सफलता हात नलाग्ने र वादविाद हुने योग छ । कामको बोझले थाकेको महसूस होला । सन्तानबाट सुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – व्यापारमा लाभ भए पनि नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । मनमा दुविधा रहन सक्ने दिन छ । प्रेममा आकर्षण बढ्नेछ । इष्टमित्र र सन्तानबाट भने सुख प्राप्त हुनेछ । निरन्तर प्रयासरत रहँदा काम बन्नेछ ।

कर्कट – आजको दिन मिश्रित फलदायक छ । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । धनका साथै मान बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आज सोच्दै नसोचेको स्थानबाट लाभ हुन सक्छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । तर बोली र व्यवहारमा संयमता अपनाउनु पर्ला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – व्यस्तता बढ्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनु होला । खर्च गर्दा होस पुर्याउनुपर्नेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । साझेदारीको काम बन्नेछ । आर्थिक कार्यमा सफलता नै मिल्नेछ ।

तुला – शुभ काममा सफलता मिल्नेछ । कर्मबल बढ्नेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । अनायासै ठिक निर्णय हुनेछ । घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

वृश्चिक – आरोग्यता बढ्ला । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । आँटे(गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । भोग विलासमा आकर्षण बढ्नेछ ।

धनु – रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान दिलाउला । घरायसी समस्याले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्ठ रहने छ । दैनिक काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग समर्थन मिल्नेछ । विवादमा नपर्नु बेस होला ।

मकर – आशा उत्साह बढ्ला । नयाँ काम सुरु गर्ने समय छ । खर्चको मात्रा भने बढ्न सक्छ । स्वास्थ्यप्रति भने विशेष ध्यान राख्नुपर्ला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।

कुम्भ – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रसंशा बढ्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । कर्ममा व्यस्त रहनुपर्ने दिन छ ।

मीन – आरोग्यता बढ्ला । मनोकूलको काम बनेर मन प्रशन्न रहनेछ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ । आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । पराक्रम बढ्नेछ ।