पूर्वमन्त्री मिथिला चौधरीको निधन

पूर्वमन्त्री मिथिला चौधरीको निधन


पूर्वजनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीको निधन भएको छ । चौधरीको शुक्रबार राति ५७ वर्षको उमेरमा निधन भएको हो । क्यान्सरबाट पीडित चौधरीको भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनकी छोरी रक्षा चौधरीले बताईन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ साउन ११ गते विभिन्न चार पार्टीबाट १९ नयाँ मन्त्री थप्दा मिथिला चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् । त्यसबेला चौधरी नेकपा (संयुक्त)को सांसद थिइन् । संविधान सभा २०७० को सभासद रहेकी चौधरी मन्त्री भएकै बेला नेकपा (संयुक्त) र नेकपा माओवादी केन्द्रबीच एकता भएको थियो । देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरी ६४ सदस्यीय बनाएका थिए ।

वि।सं। २०२२ साल चैत्र ७ गते धनुषा जिल्लाको जनकपुर नगरपालिका-८ मा जन्मेकी चौधरीको विवाह सप्तरीको राजविराज-५ निवासी अधिवक्ता तथा नेकपा संयुक्तका नेता मदनमोहन चौधरीसँग भएको थियो । उनको श्रीमान्, एक छोरा र दुई छोरी छन् ।