गजल

गजल


  • रामचन्द्र ढकाल


किन मान्छे बालेन तिर, किन भोट हर्कलाई
दिन दिन वाक्क जन्ता, भोट हाले लौरोलाई ।

कोही भन्छन् फेरि आए, लाज छैन भोट माग्न
घरी घरी झुटो बोल्ने, हेर्छौं फेर्छौं लुट्नेलाई ।

कति बस्ने पछुतोमा, रूने हामी अझै पनि ?
काम बन्ला भन्ने आश्मा, भोट दियौ राम्रालाई ।

यसो गर्छौं उसो गर्छौं, भन्ने मात्र आए धेरै
देखिएनन् कोही पनि, माया गर्ने माटोलाई ।

हेरौं अब के के हुन्छ, यात्रा धेरै बांकी छ नि
हामी सबै मिली जुली,साथ दिन्छौं युवालाई ।

बत्ति छैन बाटो पानी, फोहर मात्र सर्बत्र छ
कहां हिडुं हेरूं के खै, रोग थप गर्न लाई ।

आमा बाबा गए सबै, धोको थियो राम्रो हेर्ने
भोट दिए कठै बरी, पिडा खेपे सधैं लाई ।

सुनिता र बालेन्द्रले, राम्रो गर्नु मिली तिमी
खुशी पार्नु युवा देखी, बुढा पाका सबैलाई ।